१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मानव अधिकार आयोगमा वातावरण प्रदूषणका उजुरी

ललितपुर–राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धित उजुरी पनि आउन थालेको छ । 
वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताए।

कतिपय औद्योगिक क्षेत्रमा रहेका उद्योगले अपनाउनुपर्ने सामान्य सावधानी नअपनाएका कारण उजुरी आउन थालेका हुन्। बस्तीका बीचमा सञ्चालन भएका उद्योगले त्यस क्षेत्रमा बसोबास गर्न असहज भएको भन्दै उजुरी आइरहेको हो । ‘मापदण्डअनुसार उद्योग नचल्दा आफ्नो ठाउँमा बस्नै गाह्रो भएको भन्दै उजुरी आइरहेको छ,’ पाठकले भने। 

पहिलेभन्दा अहिले आयोगमा उजुरी कम भए पनि आएका उजुरीको प्रकृति बदलिएको आयोगले जनाएको छ । द्वन्द्वकालमा जघन्य अपराधसम्बन्धी मात्रै उजुरी आउँथ्यो । नागरिकमा जघन्य अपराधमा बाहेक आफ्नो अधिकार हनन भएकामा सचेत थिएनन् । अहिले भने नागरिकमा सचेतना आउँदा वातावरण प्रदूषण, खाद्यान्नमा मिसावट, वैदेशिक रोगजारीमा देखिएका समस्यासम्बन्धी उजुरी आइरहेका छन् । ‘पहिलेभन्दा अहिले फरकफरक खालका उजुरी आइरहेको छ,’ उनले भने। 

वातावरण प्रदूषणले नागरिकमा असर परेको भन्दै उजुरी आइरहँदा आयोगले सरकारलाई वातावरणमा प्रतिकूल असर नपर्ने गरेर उद्योग सञ्चालन गराउन सिफारिश गरेको छ । आयोगले सरकारलाई नियमित रूपमा अनुगमन र गल्ती भेटिँदा कारवाही गर्न सरकारलाई भनेको छ । रासस

 

प्रकाशित: २७ मंसिर २०७५ ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App