१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लियोन च्याम्पियन्स लिगको अन्तिम १६ मा, सिटी समूह विजेता

काठमाडौं – फ्रान्सेली क्लब लियोन युक्रेनको साख्तर डोनेस्कलाई १–१ गोलको बराबरीमा रोक्दै च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ। योसँगै अन्तिम १६ को समिकरण पनि पूरा भएको छ।

समूह ‘एफ’ मा रहेको लियोनले बुधबार राति भएको खेलमा साख्तरको १–० को अग्रता उल्ट्याएको थियो। घरेलु टोली साख्तरले २२ औं मिनेटमा जुनियर मोराइसको गोलमा अग्रता लिएको थियो। तर, ६५ औं मिनेटमा लियोनका नाबिल फेकिरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

त्यसपछि बाँकी समयमा गोेल हुन नसक्दा लियोन बराबरीको नतिजाले समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो। यो समूहबाट इङ्लिस क्लब म्यानचेष्टर सिटी समूह विजेता बन्यो।

समूहको अन्तिम खेलमा गएराति सिटीले जर्मन क्लब होफेनहमलाई २–१ ले पराजित गर्यो। होफेनहमका आन्द्रेज कर्मारीचले खेलको १६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, पहिलो हाफको इन्जुरी समयमा सिटीका लिरोए सानेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यस्तै ६१ औं मिनेटमा पुनः सानेले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ को जित दिलाए। ६ खेलबाट १३ अंक जोडेको सिटी पहिलो र ३ अंक जोडेको होफेनहाइम पुछारमा छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App