१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रत्नजित र दीपेशको जोडी क्वार्टरफाइनलमा

फाइल फाेटाे

काठमाडौं –  नेपालका रत्नजित तामाङ र दीपेश धामीको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा बुधबार क्वार्टरफाइनलमा पुगेको छ।

ढाकास्थित सहिद ताजुद्दिन अहमद इन्डोरमा नेपालका शीर्ष दुई खेलाडी रत्नजित र दीपेशको जोडीले प्रिक्वार्टरफाइनलमा बंगलादेशका पारस मोहम्मद आहसुन हबिब र गौरव सिंघाको जोडीलाई २२–२० र २१–१८ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो।

मिश्रित जोडीतर्फ पनि नेपालका दीपेश र अमिता गिरीको जोडीले अन्तिम आठमा स्थान बनाउन सफल भएको टोली व्यवस्थापक सुभास श्रेष्ठले जानकारी दिए। दीपेश र अमिताको जोडीले बंगलादेशकै अल अमिन जुमार र ब्रिस्टी खातुनको जोडीलाई २१–१४ र २१–१८ ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो।

बुधबार पुरुष एकलतर्फ भने नेपालको चुनौती दोस्रो चरणमै समाप्त भएको छ। रत्नजित दोस्रो चरणमा मलेसियाका जुल्हेल्मी जुल्किफ्लीसँग २१–१२ र २१–१२ ले पराजित भए। मंगलबारको पहिलो चरणमा रत्नजितले  भारतीय खेलाडीलाई स्तब्ध बनाएका थिए। महिला जोडीमा पनि नङ्सलदेवी तामाङ र अमिता गिरीले मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै क्वार्टरफाइनल यात्रा तय गरेका छन्।

प्रकाशित: २७ मंसिर २०७५ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App