१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘केःसाङ्ला’कोे शीर्ष गीत

काठमाडौं – लिम्बु भाषाको फिल्म ‘केःसाङ्ला’को शीर्ष गीत ‘केःसाङ्ला मुक्ते सिर्लिङ्र्लिङ’ सार्वजनिक भएको छ। गीतलाई आसेवारो प्रोडक्सनले युट्युबमार्फत सार्वजनिक गरेको हो।

श्रेयसी चेम्जोङको स्वर रहेको गीतमा यासेली योङहाङको शब्द छ। आगामी डिसेम्बर २३ मा हङकङको या मा तेइस्थित कम्युनिटी हलबाट प्रदर्शन सुरु हुने फिल्ममा भीम तुम्बाहाम्फेको लगानी छ।

लोकेन साँवाको लेखन तथा निर्देशन रहेको फिल्ममा भीमसँगै लक्ष्मी योङहाङ, विशाल सेनेहाङ, याम्निङ्वा योङहाङ, मेनुका साउदेन, सनम पहाङ्गो लिम्बू, हर्कबहादुर लुम्फुङवा, चन्द्रकुमार लेक्वा, महिमा लिम्बू, गंगा तुम्बाहाम्फे, भूपेन्द्र तुम्बाहाम्फे र दिनेश माङ्मुलगायतको अभिनय छ।

केसाङ्ला चोक्फुङ इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्ममा देवेन्द्र सुर्केलीको पटकथा, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन र दिनेश माङ्मुको कोरियोग्राफी छ।

प्रकाशित: २७ मंसिर २०७५ ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App