१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दाङमा जन्ती बोकेको स्कारपियो र बस ठोक्किदा ६ जनाको मृत्यु

दाङ – दाङमा जन्ती बोकेको स्कारपियो जीप र बस एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। अन्य दुई जना गम्भिर घाइते भएका छन्।

चितवनबाट जन्ती लिएर बाकेको शमशेरगन्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको जीप र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको बा ५ ख ४०९० नम्बरको बस देउखुरीको रिहार भन्ने स्थानमा आज विहान एक बजेतिर एकआपसमा जुधेका हुन्। दुर्घटनामा परी स्करपियोमा सवार ८ जना मध्य ६ जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेहरु सबै बाँकेको राप्ती सोनारी गाउँपालिकाका हुन्। स्कारपियोमा सवार ४५ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्र्षीय प्रवीन केसी, ५३ वर्षीय मानवहदुर केसी, ३१ वर्षीय दिपकुमार खड्का, ४५ वर्षीय  बिमला खत्री र ५९ वर्षीय दत्तवहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुलही लिएर फर्किने क्रममा दुलाहाका आफन्त चढेको जीप दुर्घटना भएको हो।

प्रकाशित: २७ मंसिर २०७५ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App