१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

औषधि ब्यवस्था विभागकै लकरमा खैरो हेरोइन र तराजु

काठमाडौं- औषधि ब्यवस्था विभाग परिसरमा रहेको गोप्य लकरमा लागुऔषध खैरो हेरोइन र तराजु बरामद भएको छ। लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले विभाग र सेवाग्राहीको रोहवरमा मात्र प्रयोग हुने लकरमा खैरो हेरोइनसहित कारोबारीलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार विभागले औषधि उत्पादकहरुलाई उपलब्ध गराउँदै आएको लकरमै हेरोइन फेला परेको पहिलो पटक हो। औषधि उत्पादक पानस फर्मास्यूटिकल्स प्रालि नेपालगञ्रज बाँकेका लाइजन अफिसर सुनिल गुप्ताको सूचनाका आधारमा ब्युरोले विभागमा छापा मारेको हो।

औषधि उत्पादकलाई विभागले उपलब्ध गराएको लकरमध्ये पानसको बन्द लकरमा २२ ग्राम हेरोइन फेला परेको हो। गुप्तासहित अन्य पाँचजनालाई समेत ब्युरोले हेरोइनसहित पक्राउ गरेको छ। 

प्रकाशित: १२ आश्विन २०७३ ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App