१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विवाह पञ्चमीमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुरमा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्। भारतको अयोध्याबाट उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती लिएर जनकपुर आइपुगेका हुन्।

उनी विशेष विमान मार्फत अयोध्याबाट भगवान रामचन्द्रको जन्ती लिएर जनकपुर आइपुगेका हुन्। मुख्यमन्त्री आदित्यनाथलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसहितले स्वागत गरेका थिए।

बुधबार बिहान जनकपुर आइपुगेका आदित्यनाथले जानकी मन्दिरमा पूजा समेत गरेका छन्। पुजा पश्चात अहिले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवा भोजमा सामेल भएका छन्। मुख्यमन्त्री आदित्यनाथको सुरक्षालाई मध्यनजर गर्दै जनकपुर आसपासको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

सुरक्षा प्रयोजनका लागि भारतबाट बुलेटप्रुफ गाडी सहित विशेष सुरक्षा टोली सहित नेपाली सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। अत्याधिक भिडभाड हुने अनुमान गर्दै सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामेराको प्रयोग गरिएको छ।

दिवाभोज समापनपछि मुख्यमन्त्री आदित्यनाथ रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयंवरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सिताबीच विवाह भएको स्मरणमा जनकपुरमा विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ। सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव गएको मंसिर २१ गतेबाट सुरु भएको थियो।

प्रकाशित: २६ मंसिर २०७५ ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App