१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सिनियर बुसको चीन साइनो

बर्लिन फाङ
हालसालै भएको एउटा साहित्यिक कार्यक्रममा ब्रिटिस लाइब्रेरीका पूर्वलाइब्रेरियन फ्रान्स उडले सन् २०११ को बेलायत भ्रमणको क्रममा चिनियाँ प्रधानमन्त्री वेन जियापाओले दिएको अभिव्यक्ति स्मरण गरे। भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्रीले आफूले सानै उमेरदेखि अङ्ग्रेजी साहित्यकार सेक्सपियरका साहित्य पढेर हुर्केको प्रसंग चर्चा गर्दै बेलायतको स्टार्टफोर्ड–अपन–एभनस्थित सेक्सपियरको जन्मथलो भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए। तर चीनका ‘जर्नी टु द वेस्ट’(पश्चिमको यात्रा) वा ‘ड्रिम अफ द रेड मासन’(लालदरबारको सपना) जस्ता चिनियाँ साहित्यिक कृतिबारे प्रचारप्रसार भए तापनि बेलायतका कोही पनि प्रधानमन्त्रीले चीन भ्रमण गर्दा ती कृतिका लेखकका जन्मथलो भ्रमण गर्ने इच्छा देखाएका छैनन्। उडका लागि यो चकित पार्ने विषय हो।

यो प्रसंगले मलाई अमेरिकी राष्ट्रपति जर्ज एच डब्ल्यु बुस र पर्ल एस. बकको सम्झना गरायो। सिनियर बुस चिनियाँहरूले रुचाएका संरा अमेरिकी राष्ट्रपतिमध्ये एकजना हुन्। संरा अमेरिका–चीन सम्बन्धले सामान्य गति लिएपछि चीनमा स्थापना भएको संरा अमेरिकी सम्पर्क कार्यालयका बुबा बुस द्वितीय निर्देशक थिए। त्यतिबेला सिनियर बुस आफ्नी श्रीमतीसँग बाइकमा बसी पेकिङका गल्लीगल्लीमा घुम्ने गर्थे। पेकिङकै कोही बासिन्दा जस्तैगरी उनीहरू त्यहाँको विशेष लाम्चो रोटी(डग स्टिक) र सिमीको सुप (बिन कर्ड सुप)को मज्जा लिने गर्थे। संरा अमेरिकाको राष्ट्रपति बनेपछि उनले चीन–संरा अमेरिका सम्बन्धमा व्यावहारिक र रचनात्मक अवधारणा अघि सारे। विश्व अर्थतन्त्र र राजनीतिमा चीनलाई सक्रियतापूर्वक सामेल गर्न भूमिका निर्वाह गरे। सिनियर बुसले संरा अमेरिकाको राष्ट्रपतिको हैसियतमा दुई देश र दुई देशका जनताबीच सद्भावना विकास गर्न दशकौँसम्म योगदान गरिरहे।

संरा अमेरिका–चीन सम्बन्धमा हालै भएका व्यापार तथा अन्य द्वन्द्वले निम्त्याएका असरले आपसी समझदारी र सम्मानका लागि पर्ल बक र सिनियर बुसजस्ता मानिसले हिँडेका बाटाको सम्झना अझ गाढा बनाइदिएको छ।

सिनियर बुसलाई प्रायशः दृष्टिकोणको अभाव भएको राष्ट्रपतिका रूपमा चर्चा गरिन्छ। तर वास्तवमा उनीसँग आफ्नै भव्य दृष्टिकोण थियो। आफ्नो चाइना डायरिजको भूमिकामा उनले लेखेका छन्– म चिनियाँ जनताप्रति प्रेम गर्छु। पूर्ण साझेदारी र मित्रताका साथ दुई शक्तिशाली देश चीन र संरा अमेरिकाले सँगै काम गरेको हेर्नेविश्वका लागि मेरा धेरैमध्ये एउटा सपना हो। यस्तो सहकार्य र मित्रताले सबैतिरका जनतालाई शान्ति र समृद्धि प्रदान गर्नेछ।

उनको सपना आज साकार भएको छ। आज अन्तर्राष्ट्रिय राजनीतिका सबै द्विपक्षीय सम्बन्धमध्ये पनि चीन र संरा अमेरिकाबीचको सम्बन्धको ठूलो महत्व छ। शीतयुद्ध र दशकौँसम्मको अलगावको आरोह–अवरोहबीच भिन्न राजनीतिक बन्दोबस्तमा बसेका मानिसले अर्कोथरी राजनीतिक बन्दोबस्तमा बसेका मानिसलाई पराइ वा घृणाको नजरले हेर्न सक्छन्। सबै विषयलाई औसतमा हेर्ने बानीका कारण उनीहरूमा त्यस्तोखालको दृष्टिकोण बनेको हुन्छ। तर सिनियर बुसमा चीनप्रति त्यस्तो सद्भावना कहा“बाट आयो ?

उनीभित्रको चीनप्रति यस्तो सद्भावनाको जग खोतल्दै पस्दा हामी सन् १९९८ को अक्टोबर १७ मा फर्किनुपर्छ। त्यो दिन उनी आफूले पढेको चाङ्सु प्रान्तको नानकिङ विश्वविद्यालयमा मानार्थ विद्यावारिधिको पदक ग्रहण गर्न त्यहाँ पुगेका थिए। नानकिङ विश्वविद्यालयमा चिनियाँ र अमेरिकी अध्ययनका लागि स्थापित जोन्स हपकिन्स विश्वविद्यालय–नानकिङ विश्वविद्यालय केन्द्र पनि स्थापित छ। रेगन–बुस सरकारको पालामा सन् १९८६ मा सो केन्द्र स्थापना भएको थियो। यो केन्द्रले चीन र संरा अमेरिकाबीच आपसी सांस्कृतिक बुझाइ विकास गर्न सक्रियतापूर्वक भूमिका खेलेको थियो।

नानकिङ विश्वविद्यालयको सो भ्रमणका क्रममा सिनियर बुसले लेखक पर्ल सि बकको घर हेर्ने इच्छा गरेका थिए। पर्ल एकजना इसाई धर्मप्रचारक र नानकिङ विश्वविद्यालयका अङ्ग्रेजी भाषाका प्राध्यापक थिए। उनले नानकिङको एउटा घरमा बसेर ‘द गुड अर्थ’ नामको उपन्यास लेखेका थिए। सो उपन्यासमा पर्लको पालामा चिनिया“ जनसङ्ख्यामध्ये पनि बहुमत ओगटेको चिनिया“ किसानहरूबारे धेरै रहस्योद्घाटन गरेका छन्।

पर्ल बकको बारेमा अध्ययन गरेका विद्वान् र नानकिङ विश्वविद्यालयको परराष्ट्र अध्ययन कलेजका पूर्वडीन हैपिङ ल्युका अनुसार सिनियर बुसको यो आग्रहले त्यतिबेलाका कार्यक्रम आयोजकहरू चकित परेका थिए। बुसको भ्रमण तालिकामा त्यस्तो कुनै कार्यक्रम समावेश थिएन। नानकिङ विश्वविद्यालयका कतिपय प्रशासक र प्राध्यापकहरूलाई समेत नानकिङमा पर्ल बकको घर छ भन्ने जानकारी थिएन। त्यस्तो अवस्थामा सिनियर बुसलाई त्यसको जानकारी हुनु धेरैका लागि अनपेक्षित आश्चर्यको विषय थियो। त्यतिबेला नानकिङ विश्वविद्यालयका प्राध्यापक ल्युले नानकिङ विश्वविद्यालयस“ग पर्ल बकको सम्बन्धबारे सिनियर बुसलाई जानकारीपत्र लेखेका थिए। तर निकै कमलाई मात्र थाहा भएको पर्लको घरमा बुसले वास्तवमै भ्रमण गर्ने इच्छा राख्छन् भन्नेबारे ल्युले पनि चिताएका थिएनन्।

चिनियाँ प्रकाशकहरूले अमेरिकी लेखकहरूका प्रमुख र कम महत्वका दुवै कृति अनुवाद गरी प्रकाशन गरिरहेका छन् तर चीनबाट पुस्तक आयात गर्न संरा अमेरिकाको तर्फबाट देखिएको अनिच्छाले एक प्रकारको असन्तुलन भने देखापरेको छ। दुई देशबीच साहित्य अनुवादको क्षेत्रमा पनि असन्तुलन भएको छ।

त्यतिबेला बुसले कार्यक्रम आयोजकहरूलाई आफूलाई कलिलो उमेरमै पर्ल बकका कृतिहरू पढेको जानकारी दिएका थिए। उनले आफू नोबेल साहित्य पुरस्कार तथा पुलिट्जर पुरस्कारका विजेता पर्ल बकको प्रशंसक भएको बताएका थिए। पर्लले आफ्नो जीवन सिद्धहस्त लेखन र सामाजिक अभियानमार्फत विश्व उत्थानका लागि समर्पित गरेकी थिइन्। उनको यस्तो जीवन चिनियाँ जनताले मन पराए। उनका कृतिहरूले नै सिनियर बुसको मानसपटलमा चीन र चिनिया“ जनताप्रति प्रशंसाभाव जगाइदियो। आजभोलि सामाजिक मिडियामा अभद्र प्रतिक्रिया र त्यतिबेलाको यो भावना कहिल्यै बराबरी हुनसक्दैन।

संरा अमेरिका–चीन सम्बन्धमा हालै भएका व्यापार तथा अन्य द्वन्द्वले निम्त्याएका असरले आपसी समझदारी र सम्मानका लागि पर्ल बक र सिनियर बुसजस्ता मानिसले हिँडेका बाटाको सम्झना अझ गाढा बनाइदिएको छ। भिन्न पृष्ठभूमिबाट आएका मानिसलाई चिन्न खुला दिमाग र सहृदयी हृदय आवश्यक पर्छ। त्यसका लागि उपयोगी अन्तश्चेतना हासिल गर्न एकअर्कोबारे पढ्ने र लेख्ने काम जरुरी हुन्छ। जब कसैले कसैको बारेमा गहिराइ बुझ्ने गर्छ, उसले त्यो व्यक्तिको विषयमा गलत व्याख्या वा बुझाइ बनाउने गर्दैन।

आज पनि विदेशमा बसेका अमेरिकीहरू चीनबारे आधारभूत कुरा बुझ्न पर्ल बकका किताब नै पढ्ने गर्छन्। पर्लका साहित्यलाई कहिलेकाहीँ समाजबारे इतिहास जत्तिकै सत्यका रूपमा लिइने गरिन्छ। त्योबाहेक पनि तिनका अन्य आयाम छँदैछन्।

चिनियाँ प्रकाशकहरूले अमेरिकी लेखकहरूका प्रमुख र कम महत्वका दुवै कृति अनुवाद गरी प्रकाशन गरिरहेका छन् तर चीनबाट पुस्तक आयात गर्न संरा अमेरिकाको तर्फबाट देखिएको अनिच्छाले एक प्रकारको असन्तुलन भने देखापरेको छ। दुई देशबीच साहित्य अनुवादको क्षेत्रमा पनि असन्तुलन भएको छ। जसले ज्ञानको दूरीलाई अझ फराकिलो बनाएको छ। संरा अमेरिकी विमानस्थलका पुस्तकपसलमा अङ्ग्रेजीमा अनुवाद भएको नयाँ चिनियाँ पुस्तक तपाईँले कहिले देख्नुभएको थियो ?

कर युद्ध स्थगित गरेर चीन र संरा अमेरिकाबीचको सम्बन्ध सही बाटोमा ल्याउन चीनका राष्ट्रपति सि चिनफिङ र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सहमति भएको समाचारले मलाई खुसी लागेको छ। सिनियर बुसको ९४ वर्षको उमेरमा निधन हुनु र यो निर्णय एकै समयमा परेको छ। प्रशान्त सागरपारिका मानिसले सिनियर बुस र चीनको नीति निर्माणमा उनको संलग्नता सम्झिरहनेछन्। सिनियर बुसको स्मरण गर्ने एउटा तरिका मेरो विचारमा हामीजस्ता ‘अरु’लाई बुझ्न केही समय र शक्ति खर्च लगानी पनि हुनसक्छ। यसो नगरे हाम्रो मिथकको कसैले चोरीनिकासी गर्नेछ अनि हाम्रो भाष्यलाई हल्लाको विषय बनाइदिनेछ। त्यस्तो अवस्था अन्ततः दुःखद नै हुनेछ।

(अङ्ग्रेजी–चिनियाँ भाषा अनुवादक। पर्ल एस. बकका दुईवटा जीवनी अनुवाद गरिसकेका छन् उनी संरा अमेरिकामा बस्छन्।)
चाइना डेलीबाट साभार
नेपाली अनुवादः नीरज लवजू

प्रकाशित: २६ मंसिर २०७५ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App