१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीलाई ४९ इन्चको टेलिभिजन उपहार

सुर्खेत– नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतले जिल्ला प्रहरी कार्यालयलाई ४९ इन्चको टेलिभिजन प्रदान गरेको छ। सामुदायिक प्रहरी सेवा केन्द्रले प्रहरी कार्यालयको हाताभित्र निर्माण गरेको प्रतिक्षालयमा सेवाग्राहीका लागि टेलिभिजन प्रदान गरिएको अध्यक्ष यामबहादुर विसीले जानकारी दिए। एकता समाजको ११ औं स्थापना दिवसको अवसर पारेर ५६ हजारको टेलिभिजन किनेर उपलब्ध गराइएको अध्यक्ष विसीले जानकारी दिए।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नागरिक सहायता कक्षमार्फत डिजिटल प्रबिधिद्वारा जिल्ला प्रहरी कार्यालयका गतिविधि, सेवा तथा सामाजिक विकृति विरुद्ध आम नागरिकहरुलाई सचेत गराउने उद्देश्य राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वसन्त रजौरेले जानकारी दिए।

‘टेलिभिजनमार्फत कार्यालयका सूचना र जानकारी सेवाग्राहीलाई पु¥याउने हाम्रो उद्देश्य हो’ उनले भने, ‘सामुदायिक प्रहरी साझेदारी अन्तर्गत निर्माण व्यवसायीले उपलब्ध गराएको टेलिभिजनबाट यी सूचनाहरु सेवाग्राहीसम्म पु¥याउँछौं।’ 

प्रकाशित: २५ मंसिर २०७५ १५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App