१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एभरेष्ट प्रिमियर लिग : भैरहवाको लगातार दोस्रो जित, चितवन १२ रनले पराजित

काठमाडौं– एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडीयटर्सले चितवन टाइगर्समाथि १२ रनको जित हात पारेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मंगलबारै सम्पन्न दिनको दोस्रो खेलमा भैरहवाले चितवन टाइगर्समाथि १२ रनको जित निकाल्दै लगातार दोस्रो विजय हात पारेको छ। उता चितवनले भने लगातार दोस्रो पराजय भोगेको छ। भैरहवाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरको समाप्तिमा ९ विकेट गुमाएर मात्र १ सय ३१ रन मात्र बनाउन सक्यो।

चितवनका लागि ओपनर पाउल स्ट्रलिङले सर्वाधिक ३८ रनको इनिङ खेल्दा जोन सिम्पसनले २६ तथा दिलीप नाथले १२ रन जोडे। शाहब आलम १६ रनमा अविजित रहँदा बाँकी ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

बलिङतर्फ भैरहवाका कप्तान शरद् भेषावकर र रविइन्दर सिंहले समान २–२ विकेट हात पार्दा रायन टेन डेसचाटे र अविनाश बोहराले समान १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रन  मात्र जोड्न सफल भयो। भैरहवाका लागि राएन टेन डेसचाटेले सर्वाधिक ३५, प्रदीप ऐरीले २६ र रविइन्दर सिंहले २५ रन जोड्दा आरिफ शेखले १२ तथा पुनीत मेहराले १२ रनको पारी खेले। भैरहवालाई अलआउट गर्न चितवनका सागर ढकालले ३ विकेट हात पार्दा जर्ज स्कटले २ विकेट लिए।

प्रतियोगितामा बुधबार काठमाडौँ किङ्स–११ र ललितपुर प्याट्रिओट्स तथा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्सबीच खेल हुनेछन्।

प्रकाशित: २५ मंसिर २०७५ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App