१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विद्यार्थीले सांसदलाई सुनाए विद्यालयका समस्या

शैक्षिक अवस्थाको जानकारी लिदै सांसद गौतम। तस्बिर : नागरिक

बर्दिया- बासगढी नगरपालिका–७ लक्षमनास्थित पुर्णहिरा माविमा संघीय सांसद संजय गौतम सोमबार साढे १० बजे एक्कासी झुल्किए। गौतम संघीय सांसद निर्वाचित भईसकेपछि उनले शैक्षिक अवस्थाको जानकारी लिने उदेश्यले सबै विद्यालयमा पुग्ने बताएका थिए। विद्यालय परिसरमा भेटिएका प्रधानध्यापक गोपाल सुवेदीलाई आफ्नो ईच्छा विद्यार्थी भेट्ने भएको गौतमले बताए। त्यत्तिकैमा प्रअ लगायत अन्य शिक्षकसँग कसरी विद्यालयको शैक्षिकस्तर उकास्न सकिन्छ  भन्ने बिषयमा सुझाब लिएका  सांसद गौतम प्रत्येक कक्षा कोठामा पसेर विद्यार्थीका हालखबर साधे। विद्यार्थीलाई आफ्नो पहलमा हुन सक्ने सहयोग गर्ने वाचा गर्दा  विद्यार्थी पनि खुसीले गदगद भए।

पूर्वमन्त्री समेत रहेका गौतमलाई भौतीक पूर्वाधार  र शैक्षिक सामाग्री नहुँदा दुःख भएको बताउँदा उनले सक्दो सहयोग गर्ने भन्दै विद्यार्थीलाई आश्वस्त पारे। लामो समयदेखि विद्यालयको आफ्नो पीडा धेरै ठाउँमा सुनाउँदा पनि कसैले वास्ता नगरेको भन्दै सांसद गौतम समक्ष विद्यार्थीले दुःख व्यक्त गरे।

जनप्रतिनिधि चुनिएपछि विभिन्न विद्यालय पुग्ने गरेका सांसद लक्षमना स्थित विद्यालयमा पुग्दा कक्षा ९ अध्यनरत राम बहादुर चौधरीजस्ता थुप्रै विद्यार्थीको अनुहारमा भरोसाको उज्यालो छाएको छ। उनीहरूको विश्वास छ– ‘हाम्रो पीडा बुझेकाले समस्या समाधानमा नेता गौतमले पक्कै पनि चासो दिनेछन्।’

पूर्व पश्चिम राजमार्ग पर्ने उक्त विद्यालयका विद्यार्थी सडक दुर्घटनामा पर्ने जोखिम छ। उत्तर तर्फ नहर भएकाले बालबालिका पानीमा डुब्न सक्ने पनि उत्तिकै खतरा छ। आर्थीक अभावका कारण दक्षिण तर्फ गेट र विद्यालय छेउमा रहेको नहर व्यबस्थापन गर्न सके जोखिम मुक्त हुने भएपनि कसैको सहयोग नहुँदा विद्यार्थीलाई जोखिम मोल्न पर्ने अबस्था छ।

बिगतदेखि सानोतिनो कामको लागिसमेत बजेट अभावले तनाव दिएको शिक्षकहरु बताउँछन्। अधिकांश विद्यालयमा भौतिक संरचना र शैक्षिक सामाग्री अभाव रहेको सांसद गौतमले सुनाए। ‘विद्यालय र विद्यार्थी केन्द्रित भएर सबै बिद्यालयमा पुगिरहेको छु’ उनले भने, ‘विद्यालयको अबस्था र शैक्षिक अबस्था बारेमा अध्ययन पछि दिर्घकालिन योजना बनाएर पहल गर्ने मेरो योजना हो।’

वर्षौंदेखि गुम्सिरहेको आफ्ना समस्या जनप्रतिनिधिले सम्बन्धित ठाउँमा पुर्याएर समाधानको पहल गर्लान् भन्ने विद्यार्थीको अपेक्षा छ। जनताका प्रतिनिधि भएकाले माग पूरा गराउन केन्द्रीय सरकारसँग झकझकाउने भन्ने विश्वास पनि उत्तिकै छ।

 

प्रकाशित: २५ मंसिर २०७५ ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App