१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

शाश्वतधाममा २० लाख दर्शनार्थी

काठमाडौं – नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाम अहिलेसम्म २० लाख भक्तजनले अवलोकन गरेका छन्। सञ्चालनमा आएको २० महिनामा २० लाख भक्तजन एवं धार्मिक पर्यटक शाश्वतधाम पुगेका हुन्।

सरकारले बेस्ट टुरिस्ट डेस्टिनेसनका रूपमा शाश्वतधामलाई अवार्ड दिइसकेको छ। यही मंसिर २१ मा हेटौंडा नगरपालिका–४ पारिजातपथकी ७६ वर्षिया बृद्धा लोकलक्ष्मी आचार्य २० लाख दर्शनार्थीका रुपमा शाश्वतधाम प्रवेश गरेको संस्थाले जानकारी दिएको छ। उनलाई शाश्वतधामको विशेष दर्शन एवं परिक्रमाका साथ व्यवस्थापनले विशेष सम्मान गरेको छ।

पूर्व–पश्चिम राजमार्गस्थित सिजिआइपीसँगै रहेको यस धामको निर्माण उद्योगपति विनोद चौधरीले झन्डै डेढ दशक लगाएर गरेका हुन्। नेपाली कला, संस्कृति एवं सनातन धर्मको प्रवद्र्धन गर्न शाश्वतधाम निर्माण गरिएको हो। शाश्वतधाममार्फत् आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी नेपालको पर्यटन उद्योगमा योगदान पुर्याउनु अर्को महत्वपूर्ण लक्ष्य रहेको छ।

प्रकाशित: २५ मंसिर २०७५ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App