१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दोहोरो सत्ता खेलकुदमा चल्दैन : उपाध्यक्ष तिम्सिना

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेकलुदमा दोहोरो सत्ता नचल्ने बताएका छन्.

त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा सोमबार राखेपका नवनियुक्त पदाधिकारीको स्वागतमा आयोजित कार्यक्रममा उपाध्यक्ष तिम्सिनाले एकै प्रकृतिका खेलमा रहेका दोहोरो संघलाई लक्षित गरी सो कुरा बताएका हुन्। ‘दोहोरो संघका कारण खेलकुदमा विवाद छन्। यसले गर्दा खेलाडी, प्रशिक्षक र खेल मारमा परेका छन्। अब यो अवस्थाको अन्त्य गर्न अत्यन्त जरुरी भएको छ’ युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित विवाद समस्या समाधान सहजीकरण समितिका संयोजक समेत रहेका उपाध्यक्ष तिम्सिनाले भने।

राखेपका सदस्य राजेशकुमार गुरुङले खेलकुद र खेलाडीका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाए। राखेपकी सदस्य इन्दिरा निरौलाले आफू खेलकुदकै पृष्ठभूमिबाट आएकाले सधै खेलकुद र खेलाडीलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने बताइन्। कार्यक्रममा नवनियुक्त पदाधिकारी त्रय तिम्सिना, गुरुङ र निरौलालाई विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीले खादा लगाएर स्वागत गर्नुका साथै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए।

प्रकाशित: २४ मंसिर २०७५ १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App