१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

काठमाडाैं - बंगलादेशमा सञ्चालन हुने “योनेक्स सनराईज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८” मा सहभागि हुन नेपाली ब्याडमिन्टन टाेली साेमबार त्यसतर्फ प्रस्थान गरेकाे छ। विश्व ब्याडमिन्टन संघको तत्वाधान तथा बंगलादेश ब्याडमिन्टन संघको आयोजनामा बंगलादेशको राजधानी ढाकामा प्रतियाेगिता सञ्चालन हुनेछ।

नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा चार सदस्यीय नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान गरेको हाे। बंगलादेश प्रस्थान गर्ने खेलाडीहरुमा रत्नजित तामाङ्ग, दिपेश धामी, नङ्गशल देवी तामाङ्ग रहेका छन्। अमिता गिरी पढाईका क्रममा भारतमा रहेकाले त्यतैबाट बंगलादेश प्रस्थान गर्ने छिन्। मंसिर २५ देखि पौष १ गते सम्म संचालन हुने बंगलादेश च्यालेन्जमा नेपाली टोलीले पुरुष र महिला एकल, युगल तथा मिश्रित युगलमा प्रतिस्पर्धा गर्ने टिम व्यवस्थापक सुभाष श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २४ मंसिर २०७५ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App