१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यालयमा तोडफोड गर्ने चार विद्यार्थी पक्राउ

चितवन - भरतपुर महानगरपालिका वडा नम्बर ८ गौरीगञ्जमा रहेको श्री माध्यामिक विद्यालयमा गत शनिबार तोडफोड  गर्ने ४ विद्यार्थीलार्इ प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा विद्यालयकै विद्यार्थी भरतपुर महानगरपालिका वडा नम्बर ८ का दिपेन्द्र तामाङ, राजेश कार्की, नविन विक र रमित विक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरुले विद्यालयका भौतिक संरचनासँगै फर्निचर तोडफोड गरेका छन्। विद्यालयको कम्प्युटर ल्याबमा रहेको २३ वटै कम्प्युटर र विज्ञान प्रयोगशालाका सम्पूर्ण सामानहरु उनीहरुले नष्ट गरेका छन्। घटनामा स्कुलको मिटर बक्स, स्वीच बोर्ड, कक्षा कोठाका बोर्डसँगै फर्निचरमा समेत क्षति पुगको रेग्मीले बताए। विद्यालयका सुरक्षा गार्ड बिदामा रहेको बेलामा तोडफोड गरिएको थियाे। घटनापछि अनुसन्धान गरेर चार जनालाई पक्राउ गरिएको हाे। घटनाबाट करीब ८० लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

प्रकाशित: २४ मंसिर २०७५ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App