१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बीओके आइएमई पे वालेटमा आवद्ध

काठमाडौं – आइएमई पेका सेवाग्राहीले अबदेखि बैंक अफ काठमाण्डू लिमिटेडको खातामा लिंक गरी आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन्।

बैंक अफ काठमाण्डूले सेवाग्राहीलाई आइएमई पे वालेटमा बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउने बैंकको विज्ञप्तिमा उल्लेख छ।

बैंकका सेवाग्राहीले ‘आइएमई पे’मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र बैंक अफ काठमाण्डूबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य सुरु गर्ने सम्झौता भएको हो। बैंक अफ काठमाण्डू लिमिटेड ‘आइएमई डिजिटल’को बैंकिङ साझेदार हो।

प्रकाशित: २४ मंसिर २०७५ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App