१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजपासँग एकीकरण गर्न फोरमको प्रस्ताव

काठमाडौं - संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टी नेपालसँग पार्टी एकीकरण गर्न प्रस्ताव गरेको छ। समान विचार र समान सिद्धान्त मिल्ने पार्टी या समुहसँग पार्टी एकिकरणका लागि फोरमले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

फोरमको शनिबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले समान सिद्धान्त राख्ने पार्टीसँग पार्टी एकीकरण गर्न वार्ता समिति गठन गर्ने निर्णय गरिएको पार्टीका महासचिव तथा वार्ता समितिका सदस्य रामसाह यादवले बताए। राजपासँग पार्टी एकीकरणका लागि चाँडै वार्ता सुरू गर्ने पनि उनले जनाए। उनले भने,‘अब राजपासँग पार्टी एकीकरणकोलागि चाँडै औपचारि÷अनौपचारिक वार्ता शुरू हुन्छ।’ आइतबार फोरमले जारी गरेको प्रेस विज्ञप्तिमा वार्ता समिति गठन गरिएकोबारेमा भने केही भनिएको छैन। विज्ञप्तिमा नलेखिए पनि पार्टीले औपचारिक रूपमा वार्ता समिति गठन गरेको महासचिव यादवले बताए। वार्ता समितिमिा उपाध्यक्ष रकम चेम्जोङ, महासचिव यादव, प्रकाश अधिकारी इस्तियाक राइ र महेन्द्र थापा सदस्य रहेका छन्। स्रोतका अनुसार वार्ता समितिका केही सदस्यहरूले राजपाका नेताहरूसँग एकदुई चरण अनौपचाकि कुराकानी गरेका छन्। राजपाका नेताहरूसँग अनौपचारिक कुराकानी गरेको यादवले स्विकार गरे।

फोरमका राजनीतिक सदस्य सैलेन्द्र साहले समान विचार राख्ने दलहरूसँग वार्ता समिति गठन गर्नुको उद्देश्य राजपा मात्र नभई अन्य दलहरू या व्यक्तिसँग पनि एकीकरणका लागि वार्ता समिति गठन गरिएको बताए। उनले भने, ‘वार्ता समितिले राजपासँग मात्र वार्ता गर्दैन। समान विचार राख्ने पार्टी, समूह र व्यक्तिसँग पनि वार्ता गर्छ।’

शनिबार र आइतवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महाधिवेशनको प्रक्रिया सुरू गर्ने निर्णय गरेको छ। आगामी वैशाख २८,२९ र ३०मा पार्टीको महाधिवेशन गर्ने राजनीतिक समितिले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनमोदन गरेको राजनीतिक समितिका अर्का सदस्य चामलिङले जानकारी गराए। उनले भने,‘महाधिवेशनको तयारीको विषयमा बैठकमा छलफल भएको छ। अब महाधिवेशनको प्रत्रिया अघि बढ्छ।’ बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा आगामि माघ २५ सम्म सदस्यता नवीकरण गरीसक्ने निर्णय गरेको छ।

यसैबीच, राजपासँग पार्टी एकीकरण गर्ने फोरमको प्रस्तावलाई सकारात्मक लिदै राजपाका नेताहरूले फोरमसँग एकीकरण गर्न फोरमले सरकार छाड्नु पर्ने शर्त अघि सारेका छन्। ‘पार्टी एकीकरण गर्न फोरमले राखेको प्रस्ताव सकारात्मक छ। तर फोरमसँग एकीकरण गर्न फोरमले सरकार छाड्नु पर्छ,’ पार्टीका महासचिव केशव झाले भने।

२०७४ वैशाखमा तत्कालीन ६ वटा तराइ मधेस केन्द्रीत पार्टीवीच एकीकरण भई राजपा गठन हुँदा तत्कालीन ६ पार्टीका नेताहरूले फोरमसँग पनि पार्टी एकीकरणका लागि प्रस्ताव राखेका थिए। त्यतिखेर फोरमसँग पनि एक÷दुई चरण कुराकानी पनि भएको थियो। गत प्रदेशसभा र प्रतिनिधि भाको निर्वाचनमा राजपा र फोरमले सहकार्य गरेका थिए। प्रदेश २ सरकारमा फोरम र राजपाले सहकार्य पनि गरेका छन्।

प्रकाशित: २४ मंसिर २०७५ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App