१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा मेस्सीको २ गोल

काठमाडौं – स्पेनिस लिग ला लिगामा बार्सिलोनाले स्पानियोलमाथि लाई ४–० को फराकिलो जित निकालेको छ। जितसँगै बार्सिलोनाले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको छ।

स्पानियोलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले २ तथा लुइस स्वारेज र ओस्मान डेम्बेलेले गोल गरे। खेलको १७ औं मिनेटमा नै लियोनल मेस्सीको फ्रिकिक गोलमार्फत बार्साले अग्रता लिएको थियो।

२६ औं मिनेटमा डेम्बेलेले मेस्सीको पासमा टिमका लागि दोस्रो गोल थपे। स्पानियोलमाथि हाबी भएको बार्साले ४५ औं मिनेटमा स्वारेजको गोलमा अग्रता तेब्बर बनायो। ६५ औं मिनेटमा मेस्सीले पुनः फ्रिकिकमा अर्को गोल थपेपछि साविक विजेता बार्साले अग्रता ४–० मा पुर्यायो।

त्यसपछि कुनै गोल नभएपछि बार्सिलोनाले प्रभावशाली जित दर्ता गर्यो। जितपछि लिग लिडर बार्साको १५ खेलबाट ३१ भएको छ। दोस्रो स्थानको सेभियाको २८ अंक छ। सेभिया गएराति सम्पन्न खेलमा भ्यालेन्सीयासँग बराबरीमा रोकियो।

प्रकाशित: २३ मंसिर २०७५ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App