१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा चितवनसामु १४४ रनको लक्ष्य

काठमाडौं– काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको आइतबारको पहिलो खेलमा ललितपुर प्याट्रियोट्सले चितवन टाइगर्सलाई जितका लागि १ सय ४४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाइ १४३ रन बनाएपछि चितवनले १४४ रनको लक्ष्य पाएको हो। ललितपुरका लागि सोनु तामाङले नटआउट ३५ रनको योगदान दिए। सोनुले २४ बलमा १ चौंका र ३ छक्का प्रहार गरे।

त्यस्तै गौरब तोमारले ३०, सन्दीप जोराले नटआउट २५ र जयकिशन कोल्सवालाले २० र सन्नी पटेलले १९ रनको योगदान दिए। चितवनका लागि जर्ज स्कटले २ तथा ललित भण्डारी, कमलसिंह ऐरी र पाउल स्टिर्लिङले एक–एक विकेट लिए। पहिलो खेलमा ललितपुर विराटनगरसँग ३ विकेटले पराजित भएको थियो। चितवनको भने यो पहिलो खेल हो।

प्रकाशित: २३ मंसिर २०७५ ०५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App