१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

भुर्तेलको दशैँतिहार गीत सार्वजनिक

काठमाडौं—दशैँको पूर्वसन्धयामा निर्भिक नारायण भुर्तेलको दशैँ तिहार विशेष गीत सार्वजनिक भएको छ। अरु कोनै छर बोलको गीत बजारमा आएको हो। गायक नयन शर्माको लय तथा शब्द संकलनमा रहेको दशैँ तिहार गीत सोमबार आचार्य डिजिटल पोखराले बजारमा ल्याएको हो। 

बर्षौंदेखि प्रदेशमा काम गर्दै आएका युवाहरुले चाड पर्व मनाउनको लागि छुट्टी नपाउँदा घर फर्कन नपाएको पीडा गीतमा छ। जसमा गायक नयन शर्मा, नव गायिका तुलसा लुइँटेल र मधु चापागाइँको स्वर रहेको छ। 

तारानाथ आचार्यको एरेन्ज र श्रीकान्त सिग्देलले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा भरत र सुस्मिताले अभिनय गरेका छन्। 

युएई बसोबास गर्ने सञ्चारकर्मी भुर्तेलले नेपाली भाषा संस्कृतिको लगाब जहाँ बसे पनि उस्तै हुने बताए।

भिडियो

प्रकाशित: १२ आश्विन २०७३ ०६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App