१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फोरमको बैठकमा उपेन्द्र यादवको आलोचना

काठमाडौं – संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यहरूले अध्यक्ष उपेन्द्र यादवको आलोचना गरेका छन्। शनिबारबाट सुरु केन्द्रीय समितिको बैठकमा सदस्यहरूले पार्टी सरकारमा सहभागी भएर पनि मधेसको मुद्दा सम्बोधन गर्न अध्यक्ष यादवले पहल नगरेको भन्दै आलोचना गरेका हुन्।

सरकारमा सहभागी हुनुअघि पार्टीसँग भएको दुई बुँदे सम्झौता कार्यान्वयन नभएकोमा उनीहरूले आक्रोश पोखेका छन्। ‘सरकारसँग दुई बुँदै सम्झौता गरेर पार्टी सरकारमा गएका हो, तर अहिलेसम्म सहमति कार्यान्वयन हुन सरकारले केही काम गरेको छैन। यस्तो स्थितिमा पार्टी सरकारमा गएको केही अर्थ भएन।’

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूको भनाइ यस्तो थियो। बैठकमा नित्यानन्द ताजपुरिया, भीम राई, जयराम यादव, असेसोर यादव, अनुरूप सिंह, रामप्रासद रिजाललगायतका केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। फोरमका राजनीतिक समितिका सदस्य प्रवीन चाम्लिङले केन्दीय सदस्यहरूले बोल्ने क्रम नसिद्धिएकाले शनिबारको बैठक नटुंगिएको बताए। उनले भने, ‘बैठकमा सरकारबारे समीक्षा भइरहेको छ। अधिकांश केन्द्रीय सदस्यहरू भनाइमा पार्टी सरकारमा गएर पनि उपलब्धि हासिल हुन नसकेको गुनासो आएको छ।’

बैठकको प्रारम्भमा बोल्दै पार्टी अध्यक्ष यादवले दुई बुँदै सम्झौता कार्यान्वयन गर्न आफूहरूले सरकारमा गएर कोसिस गरिरहेको जनाएका थिए। बैठक आइतबार पनि बस्ने भएको छ। सरकारको समीक्षा तथा आगामी महाधिवेशनको तयारीबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको राजनीतिक समितिका सदस्य चाम्लिङले बताए। आगामी वैशाखको अन्तिम साता फोरम नेपालको महाधिवेशनेको तिथि तय गरिएको छ।

प्रकाशित: २३ मंसिर २०७५ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App