१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खेल हारेपछि सातदोबाटो मैदानमा पदाधिकारीले नै रेफ्री कुटे

काठमाडौं– सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबारश्रीकुमारी क्लबका अफियसियलहरूले रेफ्रीमाथि हातपात गरेका छन्।

रेफ्रीले अन्तिम सिठी फुक्ने बित्तिकै श्रीकुमारीका अफिसियल आक्रोशित मुद्रामा मैदानभित्र छिरे। खेल एक पक्षीय खेलाएको भन्दै उनीहरु  रेफ्रीतर्फ दौडिए। एकै छिन्मा रेफ्रीको नजिक पुगे र भकाभक पिट्न थाले। उनीहरुलाई मैदान प्रवेश गर्न कसैले रोक्न सकेन।

मंगलबार एनआरटीविरुद्धको खेलश्रीकुमारीलाई ‘ए’ डिभिजन लिगमा उक्लनका लागि महत्वपूर्ण थियो। रेफ्रीले अन्तिम सिठी फुक्ने बित्तिकै श्रीकुमारीका अफिसियल आक्रोशित मुद्रामा मैदानभित्र छिरे। खेल एक पक्षीय खेलाएको भन्दै उनीहरु  रेफ्रीतर्फ दौडिए। खेल फिफा रेफ्री सुदीश पाण्डे खेलाएका थिए। लाइन्सम्यानमा पदम भुजेल र युनल मल्ल थिए भने फोर्थ अफिसियलमा सन्दिप श्रेष्ठ थिए।

सुरक्षा व्यवस्था बलियो थिएन। श्रीकुमारीका अफिसियल एकै छिन्मा रेफ्रीको नजिक पुगे र भकाभक पिट्न थाले। उनीहरुलाई मैदान प्रवेश गर्न कसैले रोक्न सकेन। रेफ्रीले पिटाई खाइरहँदा आयोजक एन्फा पदाधिकारी भने मूकदर्शक बनेका थिए।

१–० पछि परेको अवस्थामा श्रीकुमारीले बराबरी गोल फर्कायो तर त्यसलाई रेफ्रीले अफसाइड करार गरिदिए। त्यस्तै दोस्रो हाफमै एनआरटीका गोलकिपरले पेनाल्टी बक्स बाहिर आएर बल क्लियर गरेका थिए। त्यसलाई रेफ्रीले फाउल नदिएको भन्दै श्रीकुमारीका अफिसियल आक्रोशित बनेका थिए।

श्रीकुमारीका अध्यक्ष नकुल हमालठकुरीले आवेसमा यस्तो घटना भएको बताए। ‘रेफ्रीले एकपक्षीय खेल खेलाएकै हो। त्यसबाट आक्रोशित भएका अफिसियलले रिस नियन्त्रण गर्न नसक्दा यस्तो घटना भएको हो,’उनले भने, ‘बी डिभिजन भए पनि हामीले ठूलो लगानी गरेका छौं । रेफ्रीको यस्तो निर्णयले हाम्रो लगानी खेर जाने अवस्था छ। यसप्रति एन्फाले गर्ने निर्णय हामीलाई स्वीकार्य छ।’

भिडियो सौजन्य गोलनेपाल डट कम

प्रकाशित: १२ आश्विन २०७३ ०५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App