१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोल्पाका ७ स्थानीय तह इन्टरनेट सुविधाबाट वञ्चित

डोल्पा – डोल्पाका ७ स्थानीय तहमा भरपर्दो इन्टरनेट सुविधा छैन्। ८ स्थानीय तहमध्ये ठुलीभेरी नगरपालिका बाहेक त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला, जगदुल्ला, काईके, डोल्पो बुद्ध, छार्काताङसोङ् र शे–फोक्सुन्डो गाउँपालिका इन्टरनेट सुविधाबाट वञ्चित छन्।

भरपर्दो एडीएसएल इन्टरनेट सुविधा नभएकै कारण इन्टरनेटबाट गनुपर्ने सरकारी कामकाज समेत ठप्प भएको विभिन्न स्थानीय तहले जनाएका छन्। “आजभोली घरमै बसेर एक कल कुरा गर्न पाईदैन्, घरमै बसेर इन्टरनेट चलाउने कुरा उपल्लो डोल्पा बासीको लागि यस जुनीमा सम्भव छ जस्तो लाग्दैन्” शे–फोक्सुन्डो गाउँपालिका स्थानीय निमा गुरुङले भने।

जटिल प्रकारका बिरामीलाई गाउँबाटै हेलिकप्टर बोलाएर उपचारका लागि सहरका अस्पतालमा लैजाउभन्दा भरपर्दाे टेलिफोन सुविधा नभएका कारण दर्जनाैं जनताले ज्यान गुमाइसकेको गुरुङ्गले गुनासो गरे। “हामीलाई तत्काल इन्टरनेट होइन टेलिफोन टावरको आवश्यक छ, हाम्रो आवाज सरकारले सुन्छ भने उपल्लो डोल्पाका विकट गाँउ वस्तीमा टेलिफोन टावर राखिदियोस्।” नगरपालिकामा इन्टरनेट सुविधा नहुँदा विभिन्न गतिविधिहरू वेभसाइटमा प्रकाशन गर्न समस्या हुने गरेका त्रिपुरासुन्दरी नगरपालिकाका आइटी इन्जिनियर हेमन्त बोहोराले बताए।

“नगरपालिकाकै कार्यालयमा टेलिफोन छैन्,इन्टरनेटको कुरा छोडौँ” त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत नेत्रराज गिरीले भने। “इन्टरेनट नभएकै कारण पंञ्जिकरण सम्बन्धि कार्यहरू ठप्प हुनुका साथै फ्याक्स र इमेल गर्न पनि सदरमुकाम धाउनुपर्ने स्थिति अझै छ।” उपल्लो डोल्पामा पर्ने काईके, डोल्पो बुद्ध, छार्काताङसोङ् र शे–फोक्सुन्डो गाउँपालिकामा इन्टरनेट सुविधामात्रै नभइ वर्षौदेखि टेलिफोन सेवाबाट समेत वञ्चित हुँदै आएका छन्।

आजको युग इन्टरनेटको युग भएपनि स्थानीय सरकारकै पहलमा जनतालाइ इन्टरनेट सेवा उपलब्ध गराउनुको सट्टा आफैं टेलिफोन र इन्टरनेट सुविधा विहीन हुनु दुःखको कुरा भएको त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय कालुप्रसाद हमालले बताए।

प्रकाशित: २२ मंसिर २०७५ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App