१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इन्टर मिलानमाथि युभेन्टसको कठिन जित

काठमाडौं – इटालियन लिग सिरी ए मा युभेन्टसले इन्टर मिलानमाथि १–० को कठिन जित हात पारेको छ। घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युभेन्टसले पहिलो हाफ गोलरहित बराबरीमा खेलेको थियो।

इन्टर मिलानले पहिलो हाफमा पाएका २ सुन्दर अवसरलाई सदुपयोग गर्न सकेन। ६६ औं मिनेटमा जुहाओ क्यान्सेलोको क्रसमा युभेन्टसका मारियो मान्जुकिचले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

सोही गोल युभेन्टसको जितमा निर्णायक बन्यो। जितपछि युभेन्टसले तालिकामा स्पष्ट ११ अंकको अग्रता लिएको छ। युभेन्टसको १५ खेलबाट ४३ अंक छ। तेस्रो स्थानको मिलानको २९ अंक छ। दोस्रो स्थानको नापोलीको १४ खेलबाट ३२ अंक छ।

प्रकाशित: २२ मंसिर २०७५ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App