१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रुपन्देहीको देवदहमा पाँच वर्षीया बालिका बालात्कृत

बुटवल - महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रुपन्देहकिो देवदहमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। देवदह नगरपालिका–५ खरहनीमा पाँच वर्षीया नाबालिकामाथि शुक्रबार साँझ बलात्कार भएको हो। बालिकाको अहिले लुीम्बनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ।

 उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। प्रारम्भिक स्वास्थ्य जाँचका आधारमा बालिकामाथि बलत्कार भएको देखिएपनि सामूहिक बलात्कार हो वा होइन भन्ने सम्बन्धमा छानबिन भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम  घर्तीमगरले बताए। घटनामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये जिवन खत्रीले गल्ती स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। अन्य ५ जनासँग सोधपुछ भइरहेको प्रहरीले जानकारी  दिएको छ।

बालिकाकी आमा सुत्केरी बस्न माइती गएको, बुवा घरमा नभएको र हजुर बुवा आमासँग बसेकी बालिकालाई  स्थानीय केही केटाहरुले चकलेट किनिदिने भन्दै  फकाएर लगेको बताइएको छ। उनीहरुले बालिकालाई सामूहिक बलात्कार गर्ने मनसाय राखेर लगेको देखिएपनि सामूहिक करणी हो होइन भन्ने सम्बन्धमा अनुशन्धान भइरहेको प्रहरी निरीक्षक घर्तीमगरले बताए। वस्ती नजिकैको टहरामा बालिकामाथि घटना भएको देवदहका नगर प्रमुख हिरा केसीले बताएका छन्। घटनाको तत्काल छानबिन गरी नाबालिका बलात्कार गर्ने र सो घटनामा संलग्न सबैजनालाई कडा कारबाही गर्न नगरप्रमुख केसीले सुरक्षा निकायलाई आग्रह गरेका छन्।

प्रकाशित: २२ मंसिर २०७५ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App