शाही युवा शक्तिको घाेषणा

‘ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री’

शुक्रबार, २१ मङि्सर २०७५, १४ : ५४ नागरिक

3270


काठमाडौं– शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएका छन्।

शाही युवा शक्तिले आगामी पुस १ गते काठमाडौंमा गर्न लागेको विशाल मोटरसाइकल -यालीको बारेमा जानकारी दिन शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाए। 

खड्काले भने, ‘वर्तमान शासन सत्ता जनताको भावनाविपरित चलेको छ, गणतन्त्रभन्दा सक्रिय राजतन्त्र एकदमै जनपक्षीय थियो, सरकारले राष्ट्र, राष्ट्रियता र धर्मलाई डलरमा बिक्री गरेको छ, नेपाली जनताले आफ्नो धर्म, राष्ट्र र राष्ट्रियताका बारेमा गम्भीर बन्नुपर्ने स्थिति आएको छ, यो बेलामा पनि जनताहरु जाग्न सकेनन् भने देश अब रहिरहन सक्दैन्।’ 

वर्तमान सरकार र सरकारका मन्त्रीहरुका क्रियाकलापलाई जनताले अस्वीकार गरेको दाबी गर्दै अध्यक्ष खड्काले भने, ‘देशमा राजतन्त्र चाहिन्छ, अहिलेका नेताहरुभन्दा राजा कयौं गुणा ठिक रहेछन् भन्ने जनताले महशुस गरिसकेका छन्, गणतन्त्रले जनताको भलाई गर्न सकेन। सत्ता, शक्ति र सम्पतिको लागि नेताहरुले देश र जनतालाई  लिलाम गर्दैछन्।’ 

पहिलो पटक १९१० मा जंगबहादुर राणा र दोस्रोपटक २०२० सालमा राजा महेन्द्र शाहको पालामा बनेको मुलुकी ऐनको सम्झनामा शाही युवा शक्तिले आउँदो पुस १ गते विशाल मोटरसाइकल -यालीको आयोजना गरेको बताउँदै अध्यक्ष खड्काले भने, ‘पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम राख्ने र राजतन्त्रात्मक शासन व्यवस्थाका आधारमा मुलुकलाई विकसित र आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो।’

पुस १ गते गणतन्त्रको बिरुद्धमा मानिसहरु सडकमा आउने भन्दै जनता राष्ट्र र राजसंस्थाको बारेमा बुझ्ने भइसकेको र नेताभन्दा राजा नै राष्ट्रवादी, निःस्वार्थी र जनपक्षीय रहेछन् भन्न थालेको उनले दाबी गरे।







यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

fix ad for sagoon