१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तुको तिलोत्तमाका ४० वर्षीय चन्द्रसिंह चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार न्यूरोडबाट बिहान १ बजे बाह्रघरेतर्फ जाँदै गरेको ना५९प २९९८ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि घाइते चौधरीको उपचारका लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो। मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ।  (रासस)

प्रकाशित: २० मंसिर २०७५ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App