१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै, पहिलो खेलमा आर्मी र फ्रेन्ड्स भिड्दै

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार (आज) फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी तथा ब्रिगेट ब्वाइज र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहान ११ बजे हुने खेलमा आर्मी स्पष्ट जितको खोजिमा हुनेछ।

यदी आज जित हात पारे आर्मी लिगको दोस्रो स्थानमा उक्लिनेछ। जारी लिगमा अपराजित रहेको आर्मी ५ खेलबाट १३ अंक जोड्दै तालिकाको चौंथो स्थानमा छ। आर्मीका कप्तान भरत खवास भने दोहोरो पहेलो कार्डका कारण यो खेलमा उपस्थित हुने छैनन्। यता फ्रेन्ड्सले भने १ खेलमा जित हात पारेको छ। यसअघिको खेलमा मछिन्द्रलाई ३–० ले पराजित गर्दै फ्रेन्ड्सले लिगमा पहिलो जित दर्ता गरेको थियो। त्यसैले फ्रेन्ड्स लगातार दोस्रो जितको खोजिमा हुनेछ। १० औं स्थानमा रहेको फ्रेन्ड्सको ५ खेलबाट ४ अंक छ।

त्यस्तै एन्फामा नै आजै हुने दोस्रो खेलमा ब्रिगेट ब्वाइज र मछिन्द्र क्लब आमने सामने हुँदैछन्। मछिन्द्रले जारी लिगमा स्पष्ट जित हात पार्न सकेको छैन्। १३ औं स्थानमा रहेको उसको ५ खेलबाट मात्र २ अंक छ। १२ औं स्थानमा रहेको ब्रिगेटको ३ अंक छ। योसँगै लिगका छैटौ चरणका खेल सकिनेछन्।

प्रकाशित: २० मंसिर २०७५ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App