१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

चितवनलाई कुमारीको साथ

काठमाडौं –  एभरेष्ट प्रिमियर लिग (इपिएल) टोली चितवन टाइगर्सलाई कुमारी बैंकले प्रायोजन गर्ने भएको छ। ‘हामीले क्रिकेट खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यले यहि मंसिर २२ देखि पुस ६ गतेसम्म काठमाडौंको कीर्तिपुर खेल मैदानमा सञ्चालन हुन गहिरहेको ‘एभरेष्ट  प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० प्रतियोगितामा सहभागी टोली ‘चितवन टाइगर्स’ लाई प्रायोजन गरेका हौं,’ कुमारी बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

मंगलबार आयोजित प्रायोजन कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले टिमका कप्तान पृथु बास्कोटासहित अन्य खेलाडीलाई जर्सी प्रदान गरी सफलताको लागि शुभकामना दिएका थिए। चितवनले आइतबार ललितपुर प्याट्रियोट्सविरुद्ध खेल्दै प्रतियोगिताको थालनी गर्नेछ।

प्रकाशित: २० मंसिर २०७५ ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App