१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ताम्राकार कम्प्लेक्सको ‘यो दसैं–तिहार, उपहारै उपहार’ योजना

काठमाडौं– मोबाइल हबको रुपमा स्थापित ताम्राकार मोबाइल कम्प्लेक्समा विजयादशमी, दीपावली तथा छठको अवसरमा उपभोक्तालाई आकर्षक छूट र उपहार योजना ल्याएको जनाएको छ।  ‘यो दसैं तिहार, ताम्राकारमा उपहारै उपहार’ योजनाअन्तर्गत असोज १२ गतेदेखि कात्तीक २१ गतेसम्म ग्राहकले छूट तथा विभिन्न उपहार प्राप्त गर्ने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

ताम्राकार हाउसभित्रको ताम्राकार मोबाइल कम्प्लेक्समा मोबाइल खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्म छूटको व्यवस्था रहेको र उक्त छूट योजना कात्तीक २१ गतेसम्म रहने कम्पनीले जनाएको छ। कात्तीक २१ गतेसम्म जुनसुकै पसल तथा सोरुममा मोबाइल खरिद गरे पनि उपभोक्ताले बजाजको नयाँ संस्करण २०० सिसी मोटरसाइकलको बम्पर उपहार योजनामा सहभागी बन्न सक्ने जनाएको छ।  

उपहार योजनाको पहिलो चरणका लागि गोलाप्रथाद्वारा असोज २१ गतेसम्म दैनिक एकजनालाई सामसङको ३२ इन्चको एलसीडी टिभी, दैनिक ३ जनालाई स्मार्टफोन र दैनिक १० जनालाई पावरब्यांक प्रदान गरिने ताम्रकार मोबाइल कम्प्लेक्स, मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए।

उनका अनुसार ताम्राकार कम्प्लेक्सले दसैंपछि लगत्तै दोस्रो चरणका लागि नयाँ अफरहरु सार्वजनिक गर्नेछ। १० वर्षअघि स्थापना भएको ताम्राकार मोबाइल कम्प्लेक्समा नेपाल भित्रिने सबै ब्राण्डका मोबाइलहरु उपलब्ध हुने जनाएको छ।

सबै ब्राण्डहरुको सोरुम रहेको उक्त कम्प्लेक्सले नेपालको मोबाइल बजारको करिब ३० प्रतिशत हिस्सा एक्लैले ओगटेको बम्पनीको दाबी छ। बिक्रीपछिको सेवा, गुणस्तरीय पाटपूर्जा तथा एसोसेरिजहरु पनि उपलब्ध रहेको कम्प्लेक्समा नयाँ मोबाइल खरिद गर्न, मर्मत गर्न तथा एक्सचेञ्ज गर्न दैनिक १० हजार ग्राहकहरु आउने गरेको अध्यक्ष साउदले बताए।

प्रत्येक दिन मोबाइल एक्स्पो जस्तै हुने यो कम्प्लेक्समा विश्व ब्राण्डका विभिन्न कम्पनीले प्रबद्र्धनात्मक कार्यक्रम पनि गर्दै आइरहेको संघका सचिव गुरुदत्त शर्माले जानकारी दिए।

एप्पल, सामसङ, हुवावे, जियोनी, साओमी, लाभा, युएमआई, ओप्पो, मेजु, कलर्स, माइक्रोम्याक्स, एलजी, सिजी, जेटिइ, ओबिआई, कार्बन, सेल्कन, किवी, वीनकम, फ्लाई, सोनी, पानासोनिक, डिटसी वन प्लस, रेज, केन्ट, स्पाइसलगायतका मोबाइलहरुको बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ।  

कम्प्लेक्समा न्यूनतम १ हजारदेखि अधिकतम १ लाख ५० हजार रुपैयाँसम्मको मोबाइल उपलब्ध रहेको  जनाइएको छ।

प्रकाशित: ११ आश्विन २०७३ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App