१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

८ देशका १५ प्रहरी अधिकृत काठमाडौंमा

काठमाडौं – दक्षिण एसियामा कानुन कार्यान्वयन र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न ८ देशका प्रहरी काठमाडौं आएका छन्।

इन्टरपोलको आयोजना तथा नेपाल प्रहरीको सह‍आयोजनामा प्रोजेक्ट कल्याणअन्तर्गत वर्किङ मिटिङको क्रममा उनीहरु नेपाल आएका हुन्। प्रहरी प्रधान कार्यालय, विशेष ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) कमलबहादुर जिटीले त्यसको नेतृत्व गरेका छन्।

इन्टरपोलले क्षमता अभिवृद्धिअन्र्तगत प्रोजेक्ट कल्यणद्वारा दक्षिण तथा दक्षिणपूर्व एसियामा कानुनी प्रवद्र्धधन क्षमता बढाउनका लागि आतंकवाद र सम्बन्धित अन्तर्राष्ट्रिय अपराधलाई अन्तर्राष्ट्रिय क्षेत्रीय दृष्टिकोण र बहुसंख्यक क्षमता निर्माणको आधारमा अनुसन्धान तथा नियन्त्रण गर्ने उद्देश्यअन्तर्गत सो मिटिङको आयोजना गरेको हो।

दुई दिनसम्म सञ्चालन हुने सो मिटिङमा अफगानिस्तान, बंगलादेश, भुटान, जापान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र नेपाल गरी कूल ८ देशका १५ जना प्रहरी अधिकृतहरु तथा ५ जना प्रशिक्षकहरुको सहभागिता रहेको छ।

प्रकाशित: १९ मंसिर २०७५ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App