१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङ बस दुर्घटनामा १९ को मृत्यु, ११ घाइते

दुर्घटनापछि पल्टिएको बस। तस्विर सौजन्यः रमेश धमाला

काठमाडौं— धादिङको लपाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। घटनास्थलमै १८ को मृत्यु भएको हो। ती मध्ये १६ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा बस चालक गोरखा तान्द्राङ ९ का गंगाविर विश्वकर्मा, मार्पाक ५ का कमल पौडेल, सोही ठाउँका पवन बहादुर स्माइली मगर, दिलकुमारी अधिकारी, दार्खा ९का रामचन्द्र सापकोटा, सत्यदेवी ३ का लिला बहादुर गुरुङ, सोही स्थानकी चिर माया तामाङ, रावन तामाङ, रिडकी मुना तामाङ, सत्यदेवी—२ की रंगसिंह तामाङ, सोही स्थानका मिदिजंग तामाङ, रौता तामाङ, टेकबहादुर तामाङ, चन्द्रमान तामाङ, गुम्दी ८ का इन्द्ररुद्र बहादुर घले र ठेगाना नखुलेका नरबहादुर थापा गरी १६ जनाको सनाखत भएको छ।

अन्य दुई जनाको सनाखत हुन हुन सकेको छैन। हेलिकप्टरबाट काठमाडौं ल्याइएकी धनकुमारी सापकोटोको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

धादिङबेसीबाट किन्ताङफेदि जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गाविस–६ लपाङमा दुर्घटना भएको थियो। ३१ जनाले धादिङ बेसीबाट बसको टिकट काटेको प्रहरीले जनाएको छ। घटनामा परी ११ घाइते भएका छन्।

घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उपचार भइरहेकाहरुमा मिलन तामाङ, नोमु लामा, बिकी थापा, धनबहादुर लामा, प्रेम बिके, मोनिङ तामाङ, टेकुमाया घले, मोतेन तामाङ, छेले तामाङ र अर्का एक जना नाम नखुलेका व्यक्ति छन्।

प्रकाशित: ११ आश्विन २०७३ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App