१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश कमिटिमा खोटाङका १० जना

खोटाङ – नेकपाको १ नम्बर प्रदेश कमिटिमा खोटाङका १० नेता मनोनित भएका छन्। नेकपा केन्द्रीय कमिटिले सात वटै प्रदेशको कमिटिलाई टुंग्याउनेक्रममा जिल्लाबाट साविकको एमालेबाट ६ जना र साविकको माओवादी केन्द्रवाट ४ नेता मनोनित भएका छन्।

मंसिर १२ गतेको नेकपा केन्द्रीय सचिवालयको बैठकको निर्णय अनुसार प्रदेश कमिटिमा साविकको एमालेबाट पिके राई, बबी चामलीङ, उषाकला राई, हरिकुमार पोखरेल, भीम राई र सुमन बान्तवा मनोनित भएका छन्। अधिकतम २०७ सदस्य रहने प्रावधान अनुसार साविकको माओवादी केन्द्रबाट ध्रुब बुढाथोकी, देवान चामलीङ, सुरेश राई र अरुणा राई प्रदेश कमिटिमा समेटिएको नेकपाले जनाएको छ।

ध्रुब साविक माओवादीका पोलिटव्यूरो र देवान केन्द्रीय आयोजक कमिटि सदस्य हुन्। सुरेश र अरुणादेबी पनि केन्द्रीय आयोजक कमिटि सदस्यको भूमीकामा थिए। प्रदेश कमिटिमा साविकको एमालेवाट १२२ जना र माओवादीबाट ८५ जना समेटिएका छन्।

प्रकाशित: १८ मंसिर २०७५ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App