१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भालुको आक्रमणबाट २ महिला घाइते

बाजुरा – भालुको आक्रमणमा परी खप्तड छेडेदह गाउँपालिका ४ खातीगाउँका ४ जना महिला घाइते भएका छन्। जंगलमा घाँस काट्न गएको बेला बिहान ७ बजेतिर खातीगाउँको जंगलमा आक्रमण गरेको थियो।

भालुको आक्रमणबाट खातीगाउँका ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी रहेको प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले बताएका छन्। महिलालाई ४ वटा भालु आएर आक्रमण गरेको बताइएको छ। घाँस काट्न जंगलजाँदै गर्दा गाउँ नजिकैको जंगलमा बिहानै आक्रमण भएको वडा अध्यक्ष हर्कबहादुर रावतले बताएका छन्।

घाइते दुबै जनाको अवस्था गम्भीर रहेको छ। आँखा, मुख सहितका अंगमा भालुले आक्रमण गरेको प्रहरीले बताएको छ। दुबैको अहिले अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। भालुको आक्रमणका घटना जिल्लामा वर्षेनी घट्ने गरेका छन्।

प्रकाशित: १८ मंसिर २०७५ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App