१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दशैंको मुखमा काँक्राको मूल्य वृद्धि, मासुको घट्दै !

बझाङ-दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्राबाट मनग्य आम्दानी गर्दै आएकी छन् ।

काँक्रा बेचेर दसैँको खर्च जुटाउन उनी चैनपुर आएकी हुन् । उनले काँक्राबाट मासिक रु १५ हजार आम्दानी गर्ने बताइन् ।

“घरमा कमाइ गर्ने कोही छैन छोराछोरी साना छन्, श्रीमान् पनि छैनन् । दसैँको समयमा काँक्रा बेचेको पैसाले लुगाफाटो किन्ने सोच छ,” उनले भनिन् ।

काँक्रा बिक्री गरेर जय पृथ्वी नगरपालिका–७ को लाहुरे ओलीले पछिल्ला केही दिनमै रु २५ हजार आम्दानी गरेका छन् । उनले रु ६० देखि रु ८० मा प्रतिकिलो काँक्रा बिक्री गर्छन् ।

सोह्रश्राद्धको समय भएकाले अहिले बजारमा काँक्राको माग अत्यधिक छ । हिन्दू संस्कारअनुसार सोह्रश्राद्ध सुरु भएपछि पितृको पूजा गर्न काँक्रा राख्ने र काँक्राको तरकारी (राइतो) बनाई खाने चलन छ ।

सदरमुकाम चैनपुरमा दैनिक १० देखि १५ वटा खसी काट्दै आएका वीरबहादुर जाग्री अहिले दैनिक एउटा मात्र खसी काट्ने गरेको बताउँछन्। अहिले बजारमा खसीको मासुको मूल्य रु ५० ले घटेको छ । खसीको मासु रु ४०० मा बिक्री भइरहेको छ । रासस

प्रकाशित: ११ आश्विन २०७३ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App