१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बसको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगर-मोरङमा आज बिहान यात्रुबाहक बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

सुन्दरदुलारी–२ स्थित गणेशचोकमा भएको घटनामा सुनसरीको इटहरी– ३ बस्ने ८४ वर्षीया मनमाया ढकालको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

पाँचथरको फिदिमबाट धरानतर्फ जाँदै गरेको ना ४ ख ८२०२ नम्बरको बसले पैदल हिँडिरहेको उनलाई ठक्कर दिएको थियो ।
गम्भीर अवस्थामा उहाँलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । बससहित चालक प्रहरीको नियन्त्रणमा छ । रासस

प्रकाशित: ११ आश्विन २०७३ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App