१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जबरजस्ती करणी आरोपमा भारतीय पक्राउ

पर्वत– जबरजस्ती करणीको आरोपमा पर्वतमा एक भारतीय नागरिक पक्राउ परेका छन्। फलेबास नगरपालिका वडा नम्बर ५ मा डेरागरी बस्ने भारतीय नागरिक सद्रे आलम पक्राउ परेका हुन। 
भारतको उत्तर प्रदेशस्थित बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्कल घर भएका २२ बर्षीय आलमले स्थानीय एक १३ बर्षिय बालिकालाई फकाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। 

प्रहरीकाअनुसार आलमले ती बालिकालाई विभिन्न प्रलोभनमा पारेर विभिन्न मितिमा करणी गर्दै आएको खुलेको छ । उक्त सुचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी निरिक्षक रबिन्द्रकुमार श्रेष्ठ नेतृत्वको टोलीले पक्राउ गरेको थियो। पक्राउ परेका आलमलाई पर्वत जिल्ला अदालतले यौन जन्य प्रकृतिका अपराधअन्र्तगत करणी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । 

 

प्रकाशित: १७ मंसिर २०७५ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App