१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बन्ने भयो हनुमन्ते करिडोर

भक्तपुरको हनुमन्ते नदीमा पहिलो चरणको करिडोर निर्माण सुरु गरिएको छ। हनुमन्ते करिडोरअन्तर्गत पहिलो चरणमा २.७ किलोमिटर निर्माण गरिनेछ। उक्त करिडोरको गत साता शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाका सांसद् महेश बस्नेतले करिडोर निर्माण अघि बढेको बताए।

‘लामो समयपछि हनुमन्ते करिडोर निर्माण सुरुवात गरेका छौं,’ उनले भने, ‘हनुमन्ते करिडोर बनेसँगै कौशलटार–जडीबुटीको ट्राफिक व्यवस्थापनमा सहज हुनेछ।’

उनका अनुसार कौशलटार–जडीबुटीको जाम र दुर्घटना दुवै घट्नेछ। करिडोरको गत साता प्रतिनिधिसभाका सांसद् महेश बस्नेतले शिलान्यास गरेर शुभारम्भ गरेका थिए। १२ किलोमिटर दूरी रहेको हनुमन्ते करिडोर भक्तपुरको जगातीबाट सुरु भएर ललितपुरको बालकुमारीमा आएर टुगिंनेछ। पहिलो चरणको करिडोर निर्माण गर्न ८१ करोड रूपैयाँ बजेट विनियोजन गरिएको सांसद् बस्नेतले बताए।

उक्त सडकखण्ड एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी समानान्तर निर्माण कन्स्ट्रक्सनले ठेक्का पाएको हो। ‘अहिले धमाधम निर्माण अघि बढिसकेको छ,’ सांसद् बस्नेतले भने, ‘अहिले सडकमा ढल बिछ्याउने र सडक व्यवस्थित भइरहेको छ।’

हनुमन्ते करिडोरले चाँगुनारायण, भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका र ललितपुर महानगरपालिकामा आएर टुगिंन्छ। हनुमन्ते करिडोर तीन वर्षभित्रै निर्माण सम्पन्न लक्ष्य राखिएको सूर्यविनायक नगरपालिका मेयर बासुदेव थापाले बताए।

‘१२ किलोमिटर रहेको हनुमन्ते करिडोर तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ मेयर थापाले भने, ‘करिडोरको दायाँ–बायाँ २० मिटरको सडक निर्माण गरिनेछ।

उक्त करिडोर निर्माणको लागि तीन अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको हो।’ उक्त करिडोर एसियाली विकास बैंकको ऋण अनुदानमा अधिकारसम्पन्न बाग्मती सभ्यता आयोजनाअन्तर्गत निर्माण गर्न लागिएको हो। भक्तपुरको जगातीबाट सुरु भएको हनुमन्ते करिडोर अहिले बालकोटसम्म आइपुगेको छ। यसअघि करिडोर निर्माणको लागि ४१ करोड रूपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ।

‘हनुमन्ते खोला साँघुरिँदै जाँदा वर्षायाममा डुबानको समस्या देखियो,’ सांसद् बस्नेतले भने, ‘करिडोर बनेसँगै भक्तपुरमा डुबानमा कमी आउनेछ।’

सांसद् बस्नेतले हनुमन्ते खोलामा करिडोरमात्रै होइन, सरसफाइमा पनि उत्तिकै ध्यान दिँदै आएको बताउँछन्। हनुमन्ते खोला सरसफाइ अभियान अहिले ४० औं हप्तामा प्रवेश गरिसकेको छ। हनुमन्ते र मनहरा खोला सरसफाइ गर्नको लागि ट्रिटमेन्ट प्लान्ट बनाउने योजना अघि सारेका छौं। हनुमन्ते खोला सरसफाई गरेर हरियाली पार्क बनाउने योजना रहेको मेयर थापाले बताए।

प्रकाशित: १७ मंसिर २०७५ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App