१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्यान्सर पीडितलाई नेविसंघको सहयोग, शशांकले गरे रकम हस्तान्तरण

काठमाडौं– नेपाल विद्यार्थी संघले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ।  नेविसंघले संकलन गरेको एक लाख ६८ हजार रुपैयाँ आइतवार नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नै निवास महाराजगञ्जमा क्यान्सर पीडित होम कुमारी सापकोटालाई हस्तान्तरण गरे। 

नेविसंघ केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाको आह्वान तथा बेलायत निवासी राजन खकुरेलको संयोजनमा उक्त रकम संकलन गरि नेपाल पठाइएको थियो। उक्त रकम आइतवार पीडित परिवारलाई हस्तान्तरण गरिएको हो। 

यसअघि पनि थपलियाको पहलमा कोरिया बस्ने नेपालीहरुले संकलन गरेको ४० हजार रुपैयाँ क्यासर पीडित सापकोटालाई हस्तान्तरण गरिएको थियो।

ब्लड क्यान्सरबाट ग्रसित धादिङ घर भएकी होम कुमारी डेढ वर्षदेखि उपचाररत छिन्। उनलाई पूर्ण स्वस्थ हुन २० लाख रुपैयाँ लाग्ने उपचाररत सिभिल अस्पतालले बताएपछि परिवार सहयोगी हातहरु खोजिरहेको छ। 

प्रकाशित: १६ मंसिर २०७५ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App