१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीले अब गल्ती गर्दैन : महानिरीक्षक खनाल

फाइल तस्बिर

नुवाकोट - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतको समयलाई सम्झिएर प्रहरीबाट भइरहेको गतिविधिलाई नकरात्मक दृष्टिले हेर्न नहुने बताएका छन्। नुवाकोटमा भएको कार्यक्रममा बौल्दै खनालले नराम्रो सोच भएका व्यक्ति प्रहरी सङ्गठनमा रहनुहुन्न भन्ने आफ्नो धारणा रहेको बताए। उनले भने “नराम्रो सोच भएको व्यक्ति प्रहरी सङ्गठनमा रहनुहुन्न भन्ने भनाई मेरो हो। त्यसैगरी अपराधिक सोच भएकाहरुसँग संगत पनि प्रहरीले गर्नुहुन्न भन्ने मान्यता मेरो हो।”

जनसंख्या, सामाजिक संरचना, शहरीकरण, मान्छेको इच्छा आकाङ्क्षा बढ्दै गएकोले अपराधिक गतिविधि बढिरहेको अवस्थामा त्यसलाई न्युनिकरण गर्न दृढ भएर लागिरहेको उनले बताए। अपराधिक गतिविधि २२ प्रतिशत मात्र अपरिचित व्यक्तिबाट हुने गरेको उनले बताए।

प्रकाशित: १६ मंसिर २०७५ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App