१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एसिया प्यासिफिक सम्मेलन आज सकिँदै

काठमाडौं- दुई दिनसम्म काठमाडौंमा चलेको एसिया प्यासिफिक सम्मेलन आज समापन हुँदैछ। सम्मेलनले २५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ।

दोस्रो दिनको सेसन जलवायु परिवर्तन, आजको समयमा मिडियाको भूमिका र विश्वमा शान्तिका प्रयास र परियोजनाहरुबारे छलफल भएको छ। सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गरेका छन्। यस अघि शनिबार विभिन्न देशका नेताहरुले आफ्नो मनतव्य राखेका थिए।

सम्मेलनको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। आयोजक संस्था युनिभर्सल पीस फेडेरेसनका अनुसार कार्यक्रममा ४५ देशका १५ सय जना सहभागि छन्। कार्यक्रममा सहभागि भएर कम्वोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी स्वदेश फर्किसकेका छन्।

 

 

प्रकाशित: १६ मंसिर २०७५ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App