१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

औषधि लिमिटेडमा परीक्षण उत्पादन

नेपाल औषधि लिमिटेडमा सोमबार औषधि उत्पादन गरेको हेर्दै उद्योगमन्त्री नविन्द्रराज जोशी ।

काठमाडौं– औषधि उद्योग बन्द भएपछिबसेरै जागिरपकाउँदै आएकीनेपालऔषधी लिमिटेडमा कामगर्ने राजेश्वरी ताम्राकार सोमबार फुरुङ थिइन् । ६वर्षपछि लिमिटेडको बबरमहलमा रहेको दोस्रो तलाको एक कोठामा सेतो एप्रोनलगाएर नेमोक्सोस्लिनबनाउँदैगर्दा भेटिएकी ताम्राकार अबनियमितऔषधीउत्पादनगर्न पाउनेमाआशावादीथिइन् । ‘उद्योगचल्दा तओभरटाइम कामगरिन्थ्यो,’ ताम्राकारले भनिन्, ‘६वर्षपछि आज फेरि क्याप्सुल बनायौं ।’

नयाँ सरकार गठनसँगै उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेकाउद्योगमन्त्रीनविन्द्रराजजोशीको पहलमाऔषधीउद्योग सञ्चालनगर्ने सरकारी निर्णयसँगै त्यहाँकार्यरत कर्मचारी उत्साहित देखिएका छन् ।
सोमबार मन्त्रीजोशीसहित सञ्चारकर्मीको टोलीउद्योगमापुग्दात्यहाँकाकर्मचारीले परीक्षण स्वरुप केहीऔषधीउत्पादनगरिरहेकाथिए । अबउद्योग नियमितचल्ने खबरले उत्साहितभएको अर्की कर्मचारी रिताश्रेष्ठले खुसीव्यक्तगरिन् । ‘त्यस्सै बसेर तलबखानुुभन्दाकाम गरौं जस्तो लाग्छ,’ श्रेष्ठले भनिन्, ‘मन्त्रीआउने भनेपछि ज्वरोको औषधीतयार गरेका छौं ।’

अघिल्लो आइतबारको मन्त्रिपरिषदले औषधी लिमिटेडसञ्चालनगर्ने निर्णय गरेको थियो । सरकारले उद्योग चलाउन १४ करोड ४५ लाख रुपैयाँदिने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार जिएमपीमोडलमा जान रकमदिने निर्णय गरेको हो । जिएमपीमोडल भनेको औषधीउत्पादनगर्ने उपकरण र कोठा पूर्णतः किटाणुविहीन तथाहावा छिर्न नसक्ने व्यवस्थाहो ।

२०२९ सालमा स्थापनागरिएको उद्योगले २०६७ सालसम्मउत्पादनगरिरहेको थियो ।उद्योगमा १ सय ४० प्रकारकाऔषधीउत्पादनहुन्थे । लिमिटेडबाट ४८ प्रकारकाऔषधीउत्पादनगर्ने तयारी छ ।  

उद्योग निरीक्षणमा पुगेकामन्त्रीजोशीले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालनगर्न लागिएको बताए । ‘निजी क्षेत्रलाई न्यूनतम २०देखि अधिकतम३३ प्रतिशतसम्मसेयर दिने तयारी छ,’ मन्त्रीजोशीले भने, ‘प्रतिस्पर्धी बनाउननिजी क्षेत्रलाई पनिल्याउनलागेकाहौं ।

’तत्काल ८ प्रकारकाऔषधीउत्पादनगर्न सकिने भएकाले सोहीअनुसार तयारीमालागेको उनले बताए । सिटामोल, आरडिरोरल(आइरन चक्की), आरडिजेड, एम्जिट, नेमोक्सिल, जीवनजल, कफहिस्ट, कफनास लगायतऔषधीतत्कालउत्पादनगर्न लागेको हो ।

‘नेपाल सरकारले निःशुल्कदिने ७० प्रकारको औषधीउत्पादन गरेर गाउँगाउँमा पठाउने व्यवस्था मिलाउछौं,’ मन्त्रीले भने, ‘औषधीउत्पादनको पूर्ण तयारीमा जुटेका छौं ।’

पहिलो चरणमा नेपालऔषधी लिमिटेड सञ्चालन गरेपछि वीरगन्जचिनीकारखाना, कृषिऔजार कारखाना, ओरेन्ड म्याग्नेसाइट, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो जस्ता उद्योग पनि सञ्चालनगर्ने सरकारले तयारी गरेको मन्त्रीजोशीले बताए ।

सोमबार मन्त्रीसहितको टोलीकम्पनीमापुग्दाकर्मचारीले केहीक्याप्सुल औषधीउत्पादन गरेर देखाएकाथिए । उपकरण तथाऔजारको पनि सरसफाइ गरेकाथिए । मेसिनहरु औषधीउत्पादनगर्न सक्ने अवस्थामा रहेको लिमिटेडका सिनियर अपरेटर सत्यदेव पाण्डेले बताए ।‘उद्योगचलाउनआवश्यक पर्ने रकमबारेमन्त्रालयमा पेसगरिसकेका छौं,’ उनले भने, ‘अहिले पनि डिस्टिल्ड वाटर, ग्लिसिरिन उत्पादनभइरहेको छ ।’

सरकारले कच्चापदार्थ ल्याउने अनुमतिदिएको एक हप्तामाव्यावसायिकउत्पादन सुरु गर्न सक्ने लिमिटेड सञ्चालक समितिले जनाएको छ । ‘सम्बन्धितनिकायले कच्चापदार्थ ल्याउनदिएतत्काल केहीऔषधीउत्पादनगर्न सुरु गर्छौं,’ लिमिटेडका अध्यक्षचन्द्रकृष्ण श्रेष्ठले भने, ‘क्याप्सुल, ट्याब्लेटलगायत औषधि सजिलै उत्पादन हुन्छ ।’ उद्योगलाई व्यवस्थितगर्न पूर्वाधार थप्नुपर्ने उनलेबताए ।

बन्द हुनुअघिसम्मउद्योगले एक सय ५० प्रकारकाऔषधीउत्पादनगर्दैै आएको थियो । उद्योग पुनः सञ्चालनगर्न आफैंले पटकपटक अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरे पनि सहयोग नपाएको कर्मचारीले गुनासो गर्दै आएकाथिए ।

हालऔषधी लिमिटेडमा ९७कर्मचारी छन् । अर्थ मन्त्रालयले कामविहीनकर्मचारीकालागिमासिक २१ लाख रुपैयाँ पठाउने गरेको छ । गतअसारमा १ सय २२ जनाकर्मचारी स्वेच्छिक अवकाशमा गएपछि यतिखेर आर्थिक भार महिनाको ३० लाख रुपैयाँको दरले घटेको छ  । तीकर्मचारीलाई स्वेच्छिक अवकाशमा पठाउँदा २८ करोड ६८ लाख रुपैयाँखर्च भएको थियो ।

लिमिटेडको कुलपूँजी १५ करोड रुपैयाँ छ । कम्पनीले तिर्नुपर्ने ऋण ९० करोड ३३ लाख २१ हजार रुपैयाँछ । ऋणमा डुबेको उद्योगले औषधीउत्पादनबन्द गरेपछि त्यहाँप्रयोग गरिएका करोडौं मूल्यकाउपकरण नासिने अवस्थामापुगेकाथिए।उद्योग स्थापनागर्दा बेलायत, जर्मनी, जापानलगायत देशले उपकरण सहयोग गरेकाथिए । यसको काठमाडौंमामात्रकरिब ४२ रोपनीजग्गा छ ।

 

 

 

 

प्रकाशित: ११ आश्विन २०७३ ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App