१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पुष्प व्यसायमा वार्षिक एक अर्व ६४ करोडको कारोबार

काठमाडाैं– नोपालमा वार्षिक एक अर्व ६४ करोडको बराबरको पुष्प व्यापार हुने गरेको छ । फ्लोरिकल्चर एशोसियसन नेपालले जनाय अनुसार सवै भन्दा धेरै फुलहरु सजावटको क्षेत्रमा विक्री वितरण हुदै आएको छ ।  त्यस्तै धार्मिक, ल्याण्ड स्केप, खुल्ला क्षेत्र तथा विदेश निर्यात समेत हुदै आएको सो संघले जनाएको छ ।

फ्लोरिकल्चर एशोसियसन नेपालका अध्यक्ष क्mुमार कसजुले हाल देशका ३६ जिल्लामा  पुष्प व्यवसाय संचालनमा रहेको जनाए । उनले देशका हरेक जिल्लामा पुष्प व्यवसायको सम्भावना रहेको वताउँदै देशका १ सय ४७ हेक्टर क्षेत्रमा पुृष्प वयवसाय हुने गरेको बताए । उनका अनुसार नेपालमा ४१ हजारले प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य रुपमा रोजगार सृजना भएको छ ।

‘वार्षिक एक अर्व ३४ करोडको कारोवार छ।’ उनले भने,’ योे व्यसायमा ५ अर्वको हाराहारीमा लगानी रहेको छ ।’ नेपालमा पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउन सकिने भन्दै उनले परम्परागत शैलीबाट संचालित व्यवसायलाई विस्थापन गरिदै आधुनिक प्रणलीको विकास गरिदै लगिनुपर्ने बताए । उनले भने,‘बाँसबाट निर्मित ग्रिन हाउसलाई आधुनिक शैलीमा निर्माण गर्दै लगिनु पर्छ ।’ त्यस्तै उनले यसको विकासका लागि विना धितो ऋणको व्यवस्था समेत गरिनु पर्ने बताए ।

अध्यक्ष कसजुले भने ‘देशमा सबै भन्दा बढि सजावटकै विरुवा वढि विक्ने गरेका छन्, त्यसकालागि मात्र वार्षिक ४० करोडको व्ययापार हुने गरको छ ।’ उनका अनुसार वार्षिक ३ करोड १५ लाखको पुष्प निर्यात समेत हुने गरेको छ ।

पुष्प व्यवसाय सहर केन्द्रीत व्यवसाय भएकाले ग्रामिण स्तरमा उत्पादीत पुलको बजार व्यवस्थापन गर्न अप्ठेरो छ । काठमाडौंमै धेरै पुष्प २ सय ८३ वटा व्यवसाय रहेका छन्  । उनले भने, ‘राजधानीमा मात्रै धेरै व्यवसाय र उच्च जनघनत्व भएकाले पनि जग्गाको भाऊ धेरै महंगो छ । उनले प्रकृतीक दोहनका नाममा माटो ओसारपसार गर्न रोक लगाएको प्रति आपती व्यक्त गरे । उनले भने,‘सरकारले माटो ओसारपसार गर्न लगाएको रोकले  पुष्प व्यवसाय माथि कै अत्याचार हो, अध्यायन गर्दै हाम्रो व्यवसाय नरोकियोस । त्यस्तै उनले देशमा विदेने युवाले गर्दा दक्ष जनशक्तीको अभाव हुदै गएको छ ।    

तामाङपछि क्षेत्री पुष्प व्यवसायमा संलग्न छन् । विभागले नेपालका विभिन्न ३६ जिल्लामा ५ सय ६१ पुष्प व्यवसायी रहेको र तीमध्ये २ सय ८३ वटा पुष्प व्यवसाय काठमाडौंमा रहेको बताएको छ ।

यसैविच केन्दीय तथ्याङक विभागले पुष्प व्यवसायको बारेकमा अध्यायन गर्दै प्रतिवेदन प्रकाशित गरेको छ ।
 

प्रकाशित: ११ आश्विन २०७३ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App