१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी पूर्व राष्ट्रपति बुशको निधन

काठमाडौं – अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ वर्षको उमेरमा निधन भएको छ। सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति भएका बुश अमेरिकाको ४१ औँ राष्ट्रपति भएका थिए।

बुशलाई दोस्रो कार्यकालको निर्वाचनमा विल क्लिन्टनले पराजित गरेका थिए। तेल ब्यारि समेत रहेका उनी फाइटर विमान चालक समेत हुन्।

राष्ट्रपति बन्नुअघि ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका बुशले तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका थिए। उनका छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औं राष्ट्रपति हुन्।

प्रकाशित: १५ मंसिर २०७५ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App