१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा रक्तसञ्चार केन्द्रको स्थापना

रक्तसञ्चार केन्द्र शुरु भएपछि रगत दिँदै प्रतिष्ठानका कर्मचारी । तस्बिरः डिबी/नागरिक

जुम्ला – पटक पटक यहाँका बिरामीले रगत नपाउँदा समस्या भोगिरहेको बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ। एकैपटक ९० जनाले दिएको रगत स्टोर गर्नसक्ने क्षमताको रक्तसञ्चार केन्द्र स्थापना भएको हो। 

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार अब कुनै पनि बिरामीले रगत नपाएर छटपटिनु पर्नेछैन्। अकालमा मृत्यु पर्खनुपर्ने छैन्। जटिल प्रकारको रोगको निधान जुम्लामै हुने भएपछि सुविधा सम्पन्न महंगो उपचार गराउने परम्पराको अन्त्य हुने भएको छ। यहाँ शल्याक्रिया गर्दा रगत अभाव हुने र सेना र प्रहरीले रक्तसञ्चार केन्द्रको भुमिका निभाइरहँदा निकै समस्या हुने गरेको थियो।

अब अस्पतालमै आएर रगतदान गर्न सक्ने र बिरामीले रगत अस्पतालको हाताभित्रै पाउने वातावरण सिर्जना भएको हो। रजिष्टार काफ्लेले भने,“रक्तसञ्चार केन्द्रको स्थापनाको दिनमा २० जना अस्पतालका पदाधिकारी, कर्मचारी, चिकित्सक, विद्यार्थीले रगतदान गरेका छन्। पहिले तत्कालिन अञ्चल अस्पताल भित्र रेडक्रसले रक्तसञ्चार केन्द्र स्थापना गरेपनि विजुलीको अभाव र मेसिनको अभावले चल्न सकेको थिएन।

अहिले प्रतिष्ठानले अत्याधुनिक मेसिन ल्याएको छ। २४ सै घण्टा विजुलीबत्तीको व्यवस्था भएकोले समस्या हुँनेछैन, रजिष्टार काफ्लेले थपे। अहिले रगत स्टोर गरेर बिरामीलाई जस्तोसुकै अवस्थामा रगत दिन सकिने भएको छ।  काफ्लेका अनुसार हरेक ३–३ महिनामा रेडक्रस र सामाजिक संघ संस्था संग समन्वय गरेर रक्तदान कार्यक्रम गरिने छ। अहिले जुम्ला अस्पतालमा मुगु, कालिकोट, डोल्पा, जुम्ला, जाजरकोटसम्मका बिरामी उपचार गराउन पुग्छन्।
 

प्रकाशित: १४ मंसिर २०७५ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App