१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : पुलिसको सहज जितमा निरकुमारको २ गोल

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम एनआरटीलाई ३–० ले पराजित गरेको छ। ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न पहिलो खेलमा पुलिसलाई सहज जित दिलाउन निरकुमार राईले २ तथा अभिषेक रिजालले १ गोल गरे।

खेलको ४१ औं मिनेटमा निरकुमारको गोलमा पुलिसले सुरुवाती अग्रता लिएको थियो। उनले अजित भण्डारीको पासमा हेड गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्यो। ६६ औं मिनेटमा अभिषेकले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे।

८२ औं मिनेटमा निरकुमारले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिसले खेलमा ३–० को अग्रता लियो। खेलको अन्तिम समयमा वान भर्सेस वानमा गोल गर्न नसक्दा निरकुमार ह्याट्रिक गर्नबाट चुकेका थिए। २ गोल गरेका पुलिसका निरकुमार राई खेलको म्यान अफ दि म्याच घोषित भए।

जितसँगै ५ खेलबाट १० अंक जोड्दै पुलिस तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित एनआरटीको यो चौथो हार हो। लिगको पुछारमा रहेको एनआरटीको १ अंक छ।

प्रकाशित: १४ मंसिर २०७५ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App