१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसमा विधान मस्यौदामाथि छलफल सुरु

काठमाडौं – नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदामाथि केन्द्रीय समितिमा छलफल सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वनिधारीत समय भन्दा निकै ढिला गरी सुरु भएको बैठकमा मस्यौदामाथि फरकमत राख्ने नविन्द्रराज जोशी, प्रदीप पौडेलसहितका नेताहरूले धारणा राखेका हुन्।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्व विधान मस्यौदा समिति सदस्य जोशी र पौडेलले पदाधिकारी संख्या थप, क्रियाशील सदस्यता हटाउने, संसदीय र कार्यसम्पादन समितिको निर्वाचन जस्ता विषयमा फरकमत लेखेका छन्। उनीहरुले आफुले राखेका फरकमतका विषयमा केन्द्रीय समिति बैठकमा स्पष्टीकरणसहित धारणा राखे।

जोशीले पार्टी सदस्यताको पुरानै व्यवस्था कायम गर्नुपर्ने तर्क राखेका छन्। तर, पौडेलले पार्टी सदस्यता एकै प्रकारको बनाउनुपर्ने तथा सदस्यता लिन र नवीकरणका लागि कुनै अवरोध खडा गर्न नहुने पक्षमा उभिएका छन्। पार्टीका सबै पदाधिकारी निर्वाचित हुनुपर्ने पक्षमा रहेका पौडेलले अहिलेको संवैधानिक व्यवस्थाअनुसार अहिलेको व्यवस्था ठीक नभएको तर्क गरेका छन्।

‘मस्यौदामा हामीले राखेका फरकमतका विषयमा केन्द्रीय समितिमा आफ्नो धारणा राख्यौं,’ केन्द्रीय सदस्य पौडेलले भने, ‘मस्यौदामाथिको छलफल प्रारम्भव भएको छ।’ बैठकमा केन्द्रीय सदस्यहरू रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू पार्टीको विधानमा विवाद भन्दा सहमति गरेर जानुपर्नेमा जोड दिएका छन्। छलफलमा सहभागी उनीहरुले पदाधिकारी संख्यासहितका विषयमा समझदारी जानुपर्ने तर्क गरेका छन्। नेता महले सभापतिबाट मनोनित गर्ने संख्या १० प्रतिशत भन्दा बढी हुन नहुने धारणा राखेका छन्।

केन्द्रीय सदस्य आचार्यले विधानमा रहेको अहिलेको व्यवस्थामा धेरै हेरफेर नगर्न सुझाएका छन्। विधानमा नयाँ व्यवस्था गरेर विवाद झिक्न भन्दा एकताको सन्देश दिन आग्रह गरे।

मंसिर ९ गतेको केन्द्रीय समिति बैठकमा पेस भएको विधान मस्यौदाका केही विषयमा संस्थापन र इतरका नेताहरु गुटगत स्वार्थका आधारमा प्रस्तुत आन्तरिक तयारीमा छन्। जसले गर्दा मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुने महासमिति बैठकमा पेस गर्ने प्रस्तावहरु केन्द्रीय समितिबाट पारित गर्न केही समय लाग्ने देखिएको छ। जारी बैठकले विधान संशोधन, राजनीतिक आर्थिक, सांगठनिकसहितका प्रस्ताव पारित गर्नुपर्ने हुन्छ। बैठक शुक्रबार पनि बस्नेछ।

प्रकाशित: १४ मंसिर २०७५ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App