१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल र कम्बोडियाबीच हवाई सम्झौता, सुकी रात्रिभोजमा

तस्बिर : रासस

काठमाडौं - नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाली समकक्षि हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटरिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नेपालले हालसम्म यो सम्झौतासहित विभिन्न ३९ देशसँग हवाई सम्झौता गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार यो सम्झौता नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुनेछ।गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने कम्बोडियाका नागरिकको चाहनालाई हवाई सम्झौताले मद्दत पुर्याउने विश्वास लिइएको छ।

सम्झौताअनुसार दुवै देशबीच हुने हवाई सम्झौतामा साताको दुवै देशको १४/१४ उडान हुनेछ। यस्तै कार्गाे सेवामा भने कुनै पनि शर्त लागू नहुने सहसचिव आचार्यले जानकारी दिए। 

यसैबीच नेपालको औपचारिक भ्रमणमा रहेका म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकी यहाँस्थित म्यान्मारको राजदूतावासद्वारा आफ्नो सम्मानमा विहिबार साँझ आयोजित रात्रिभोजमा सरिक भएकी छिन्। एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि उनी विहिबार बिहान काठमाडौँ आइपुगेकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग स्टेट काउन्सिलर सुकीले शुक्रबार शीतल निवासमा भेट गर्ने कार्यक्रम तय गरिएकाे छ। रासस

प्रकाशित: १३ मंसिर २०७५ १४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App