१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एक महिनामा १० जनाको हत्या

बुटवल - प्रदेश पाँचमा पछिल्लो एक महिनामा १० जनाको हत्या भएको छ। कात्तिक १२ देखि मंसिर ७ गते सम्म प्रदेशका विभिन्न जिल्लामा ७ जना पुरुष र ३ जना महिलाको हत्या भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए।

हत्या गरिएका तिनै जना महिलालाइ आफ्नै श्रीमानले बन्चरो प्रहार र कुटपिट गरी मारेको उनले बताए। कपिलबस्तुकी सुमित्रा परियार  र रोल्पाकी त्रिमता घर्तीलाइ श्रीमानले बन्चरो प्रहार गरेर र गुल्मीकी सिता नेपालीलार्इ श्रीमानले कुटपिट गरी मारेको डिआइजी अधिकारीले बताए।

प्रदेश प्रहरी कार्यालयले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डिआइजी अधिकारीले ६ जनाको कुटपिटबाट, दुर्इ जनाको बन्चरो प्रहारबाट र दुर्इ जनाको गोली प्रहार गरी हत्या गरीएको जानकारी दिए। पछिल्लो एक महिनामा कपिलबस्तुमा एक महिला सहित दुर्इ जना, दाङ, रोल्पा, बर्दिया, नवलपरासी, रुपन्देही, बाँके, गुल्मीमा एक/एक जनाको हत्या भएको छ।  दाङकाका सुकलाल भण्डारी, रुपन्देहीका जगत बहादुर गाहा, नवलपारसीका गंगा बहादुर कुमाल, कपिलबस्तुका सुमित्रा परियार र दिपेन्द्र कुमार चौधरी, गुल्मीका सिता नेपाली, रोल्पाका त्रिमता घर्ती, बर्दियाका मोहन खटिकको हत्या भएको हो। बाँकेका एक जनाको भने अहिले सम्म नाम नखुलेको प्रहरीले जनाएको छ।

ती हत्यामा सलग्न मध्ये अहिले सम्म २३ जना पक्राउ परेका छन्। अभियुक्त मध्ये दुर्इ जना अझै फरार छन्। तीनको खोजी जारी रहेको डिआइजी अधिकारीले बताए। प्रहरीले रुपन्देहीका जगतबहादुर गाहका हत्यारालार्इ भने अहिले सम्म पत्ता लगाउन सकेको छैन।

एक महिनामा यौनजन्य हिंसाका ५० वटा घटना प्रहरी समक्ष आएका छन्। जबरजस्ती करणीका ३१ घटनाका उजुरी परेको र त्यसमा संलग्न ३१ व्यक्ति पक्राउ गरीएको तथ्याङ्कमा उल्लेख छ। बलात्कार प्रयासका १४ मुद्दामा १४ आरोपी पक्राउ परेको र एक जना फरार रहेको प्रहरीले जनाएको छ। यो अवधीमा ५ जना बालक यौन दुराचारको सिकार भएका छन भने ती घटनामा संलग्न पाँच जना आरोपी पक्राउ परेका डिआइजी अधिकारीले बताए।

प्रदेशमा सबैभन्दा धेरै लागु औषधका मुद्दा छन्। ४ जना महिला सहित ९० जना लागु औषध ओसार पसारमा संलग्न  रहेकाे अाराेपमा पक्राउ परेका छन्। प्रहरीले एक महिनाको अवधीमा ५७ वटा भरुवा बन्दुक नियन्त्रणमा लिएको छ।डिआइजी अधिकारीले प्रदेशमा अपराध न्युनीकरण गर्दै शान्ती सुव्यवस्था कायम गर्न प्रहरीले आक्रामक ढंगले प्रस्तुत हुने रणनीति अवलम्बन गरेको बताए। 

 

प्रकाशित: १३ मंसिर २०७५ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App