१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको चन्द्रौटा शाखाले कपिलवस्तुको खुरखुरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, पोसाक तथा सरसफाइका सामान सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केही दिनअघि ती सामग्री वितरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख  छ । बैंकले सरसफाइसम्बन्धी सामान कक्षा ६ देखि १० सम्म अध्ययनरत एक सय ५० विद्यार्थीलाई र स्कुल ब्याग कक्षा १ देखि ५ सम्म अध्ययनरत ६५ जना विद्यार्थीलाई प्रदान गरेको थियो । उक्त कार्यक्रममा बैंकले सो विद्यालयका प्रत्येक कक्षाबाट एकजना आर्थिक स्थिति कमजोर भएको विद्यार्थी छानी १० जनालाई स्कुल पोसाक वितरण गरेको थियो।

यसैगरी, बैंकको थापाथली शाखाले दृष्टिविहीन व्यक्तिको पुनस्र्थापन तथा सशक्तीकरण गर्ने उद्देश्यले स्थापित नेपाल दृष्टिविहीन कल्याण संघद्वारा पुनस्र्थापना तथा सशक्तीकरण सेवा पाइरहेका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पेपर, टाइपोस्कोप तथा रिडिङ प्याड उपलब्ध गराएको छ । बैंकले शिक्षा नै सशक्तीकरणको मूल आधार भन्ने तथ्यलाई मध्यनजर गर्दै ती बालबालिकाको पठनपाठनमा सहयोग स्वरुप उक्त शैक्षिक सामग्री वितरण गरेको हो।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिबद्घता जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७५ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App